सुरक्षा कारण देखाउँदै रोहिङ्ग्या शरणार्थी स्वदेश फर्किन अस्वीकार

एकनाफ, बङ्लादेश, ५ भदौ (एएफपी)। बङ्लादेशमा शरणार्थीको रूपमा बसेका रोहिङ्ग्याहरुलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ ।

विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरुलाई बिहीबार स्वदेश फर्काउने योजना बङ्लादेशमा बनाइएको थियो ।

मुस्लीम समुदायको बाहुल्यतासहित झण्डै सात लाख ४० हजार म्यानमारका रोहिङ्ग्या समुदायका बासिन्दा सन् २०१७ देखि बङ्लादेशमा शरणार्थी बन्न बाध्य छन् । उनीहरुलाई स्वदेश फर्काउन बङ्लादेशले पटक पटक प्रयास गरेपनि सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरुले स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।

आफुहरूलाई म्यानमारको नागरिकता दिनुपर्ने सुनिश्चितताको सर्त पनि उनीहरुले राखेको समाचारमा जनाइएको छ ।

“म्यानमार सरकारले हामीलाई लुट्ने छ, हामीलाई मार्ने छ, त्यसैले हामीलाई सुरक्षाको सुनिश्चितता नहुँदासम्म स्वदेश फर्किन सक्दैनौ, हामी जाँदैनौ,” रोहिङ्ग्या शरणार्थीका नेता नोसिमाले भन्नुभयो ।

अर्का एक शरणार्थी मोहम्मद इस्लामले थप्नुभयो, “हामीलाई सुरक्षा र नागरिकताको सुनिश्चितता गरिनुप¥यो, हामीलाई हाम्रो वास्तविक जग्गाजमिन दिने प्रतिबद्धता आउनु पर्यो ।”

यस बारेमा आफुहरु स्वदेश फर्कनु अगाडि म्यानमार सरकारसँग कुरा गर्न चाहेको पनि उनीहरुले बताएका छन् ।

अहिलेको चरणमा ३४ हजार शरणार्थीलाई स्वदेश फर्काउन भन्दै स्थानीय समय अनुसार विहान ९ बजे तेक्नाफ शिविरमा सवारी साधनहरु ल्याइएको थियो ।

तर छ घण्टासम्म पनि सवारी साधनमा बस्न कोही तयार नभएर सवारी साधन खाली नै रहेको थियो भने उनीहरु शुक्रबार फर्किने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

“हामीले २९५ परिवारसँग अन्तर्वार्ता गरिसकेका छौँ, अहिलेसम्म कसैले पनि स्वदेश फर्किने इच्छा देखाएका छैनन्,” बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले शरणार्थीहरुसँग सरकारी अधिकारीहरुले अन्तर्वार्ता गर्ने कार्यलाई निरन्तरता दिने जानकारी पनि दिनुभयो ।

६ भाद्र २०७६, शुक्रबार ०३:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ । इलेक्ट्रिक पसलहरुमा..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..

‘एनआरएन’को नागरिकता खोजीलाई नेता नेपालले भने,‘चिची पनि पापा पनि हुँदैन’

काठमाडौँ, २ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधब कुमार नेपालले गैरआवासीय..