पुर्व केन्द्रीय वित्त मन्त्री चिदम्बरमलाई पाँच दिन थुनामा राखिने

नयाँ दिल्ली, ५ भदौ (एएनआई)। भारतको केन्द्रीय अन्वेषण विभागको विषेश अदालतले पुर्व केन्द्रीय वित्त मन्त्री पि चिदम्बरमलाई थुनामा राख्न अनुमति दिएको छ ।

उहाँलाई यही अगस्ट २६ तारिखसम्म अन्वेषण विभाग (सिविआई)को थुनुवा कक्षमा राख्न बिहीबार अनुमति दिइएको हो ।

चिदम्बरम्लाई दुरसञ्चार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको छ । उहाँलाई बुधबार नयाँ दिल्लीस्थित आफ्नै निवासबाट सिविआईको टोलीले गिरफ्तार गरेको हो ।

अदालतले चिदम्बरमलाई हरेक दिन ३० मिनेट परिवारजन र वकिलहरूले भेट्न पाउने व्यवस्था गर्न पनि अनुमति दिइएको छ ।

सिविआईका न्यायधिवक्ता जनरल तुशार मेहताले चिदम्बरमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा निवेदन दिनुभएको थियो ।

उहाँको माग अनुसार अदालतले पाँच दिने म्याद दिएको हो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो ।

चिदम्बरमका वकिलहरूले भने उहाँमाथी राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको आरोप लगाएको दावी गरेका छन् ।

दुई पटकसम्म भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम अहिले विपक्षी काङ्ग्रेस पार्टीको वरिष्ठ नेता हुनुहुन्छ भने सन् १९८४ देखि सांसद र एक पटक गृहमन्त्री पनि हुनुभएको थियो ।

सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप पनि उहाँलाई लगाइएको छ । अनुसन्धानकर्ताहरुले उहाँका छोरा कार्ती चिदम्बरममाथि पनि अनुसन्धान गरिरहेका छन् ।

६ भाद्र २०७६, शुक्रबार ०३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..