प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी हुुनुहुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी उहाँ साउन २७ गते स्वदेश फर्किनुभएको थियो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा शाहले आज यहाँ प्रकाशित गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “ मिर्गाैलासम्बन्धी एण्टिवडीको मात्रा बढी देखिन पुगेको थियो । एण्टिवडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । सिङ्गापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उहाँको मिर्गाैलाको थप परीक्षण र क्षमताको अभिवृद्धिका लागि आवश्यक उपचार हुनेछ ।”

६ भाद्र २०७६, शुक्रबार ०३:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..