पर्शुराममा हैजा भएको पुष्टि : ८१ बिरामी

काठमाडौँ, ४ भदौ । डडेल्धुराको भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’को प्रकोप देखिएको छ । नगरपालिकाअन्तर्गत सानखोला र धाँदलीफाटाबाट फैलिएको प्रकोप नजिकै रहेकोे गुप्टेगाडा भन्ने गाउँमा पनि देखिएको चिकित्सकले जनाएका छन् ।

बिरामीको दिसाको नमूना परीक्षण गर्दा गम्भीर खालको झाडापखाला ‘हैजा’कै जिवाणु भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इञ्चार्ज ईश्वरी भुसालले बताउनुभयो । पानीको नमूना परीक्षणमा दिसामा मात्र पाइने ब्यक्टेरिया ‘इकोलाई’ भेटिएकाले महामारी यसैबाट फैलिएको उहाँको भनाइ छ ।

हैजा हो भन्ने पुष्टि भएको छ । हैजा पानीबाट सरेको हुनसक्ने चिकित्सकको भनाइ छ । यो अहिले नियन्त्रण बाहिर रहेको छ । लगातार बिरामी आएका छन् एउटामात्र क्लिनिकमा पाँच जना स्वास्थ्यकर्मीले उपचार गरिरहेका बताइएको छ । स्वास्थ्यकर्मीको कमीका कारण पनि हैजाको सङ्क्रमण बढी रहेको स्थानीयले बताएका छन् ।

पर्शुरामका तीन गाउँमा अहिलेसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले जानकारी दिनुभयो । एक जना गर्भवती, सात बालबालिका र अन्य ७३ जनालाई हैजा भएको पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इञ्चार्ज भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आठ दिनदेखि रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरिरहेका छन् तर पनि हैजा नियन्त्रणमा लिन सकिएको छैन ।” साउन २९ गते पहिलोपटक झाडापखालाको प्रकोप देखिएको हो ।

५ भाद्र २०७६, बिहीबार ०५:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..