भगवान् शिवका रूपले जगाएको आस्था

साउन महिनाभरि सोमबार ब्रत बस्ने, शिवलिङ्गमा जल चढाउने चलन प्रत्येक वर्ष बढ्दै छ । भगवान् शिवप्रति आस्था र विश्वास राख्नेहरूले यो पवित्र महिनाभरि आफूलाई सकेसम्म शुद्धीकरण गर्ने प्रयास गर्छन् । जान्ने हुँदादेखि नै सुन्दै आएको सोमबारको ब्रत बसे राम्रो र असल पति पाइन्छ रे । खै किन हो, अरू धार्मिक कुरामा खासै चासो नराखे पनि सोमबारको ब्रत बस्न मलाई कसैले भन्नुपरेन । त्यो चाहना भगवान् शिवप्रतिको आस्थाले आयो कि असल पति पाउने आसमा आयो थाहा छैन ।

आखिर जिन्दगीको लामो यात्राको सहयात्री असल परोस् भनेर गरिने कामना गर्नु नराम्रो पनि त पक्कै थिएन । स्वतस्फुर्त केही वर्ष सोमबारको ब्रत गरियो, तर कार्यव्यस्तताले गाह्रो भयो, विधिपूर्वक ब्रत समापन गरेँ । तर, एउटा कुरा के साँचो हो भने मैले कुनै पनि दिन पूजामा केही मागिनँ । मात्र मनको शान्ति मागेँ । भनिन्छ, पूजामा केही माग्दा त्यो पूजा नभएर स्वार्थ हुन जान्छ ।

मैले ज्ञात–अज्ञात चेतनाले जानेदेखि नै शिव भगवान्प्रति आस्था थियो । पछिल्ला वर्षहरूमा भगवान् शिवको बहुआयामिक पक्ष, शिव स्वरूपलाई रूप र सार दुवैमा बुझ्न खोज्दै छु । जति बुझ्दै गयो मेरो बुझाइ थोरै र बुझ्नुपर्ने आयाम यति धेरै लाग्छ कि मलाई मभित्रको पुरानो मैले ज्ञान भनेर बुझेको कुरा मभित्रका आग्रह–पूर्वाग्रह सबै मेटाएर शून्य र खाली दिमागबाट नयाँ ज्ञानको यात्रा शुरु गर्न मन लाग्छ । मलाई यहाँनिर सद्गुरुले भन्नुभएको कुरा उल्लेख गर्न मन लाग्यो, ‘हिन्दूहरू सधैं कन्फ्युज हुन्छन्’ र त्यही ‘कन्फ्युजन’ ज्ञानका प्यासीहरूलाई थप ज्ञानका लागि आफैँ खोजी गर्न प्रेरित गर्छ ।

कसैले बुझेर त्यसमा आफ्ना आग्रह–पूर्वाग्रह भरिएका अनुभव र भोगाइ मिसाएर फेरि प्रवाहित गरेका ज्ञान त शुद्ध ज्ञान नै होइनन्, ती त कसैका पुनर्लेखन गरिएका कथा हुन् । ती कथा जसरी लेखिए त्यसमा लेख्ने मानिसको आफ्नै अनुभव र भोगाइको झलक प्रायः भेटिन्छन् । त्यसैले हाम्रा सनातनीधर्मबारे बुझ्न मैले आफ्नै तरिकाले बुझ्ने कोसिस गरेँ र जति बुझेँ त्यसले मलाई विश्वस्त गराएपछि अनि मात्र सन्तुष्ट भएँ । सन्तुष्टिको मतलब म मेरो बुझाइमा केही प्रस्ट भएँ ।

बुझाइ फरक हुन सक्छन्, तर जुन दिनदेखि मैले त्यो बुझेँ- नाङ्गा बाबा, साधुहरू जीवनलाई हेर्ने दृष्टिकोणलाई सम्मान गर्छु । भगवान् शिवका यी र यस्ता धेरै रूप र सारलाई अझै बुझ्ने कोसिस गर्दै छु जसले मलाई आत्मिक शान्ति दिएको छ ।

बुझ्दै जाँदा लाग्यो मैले शुरुमा कृष्णलाई गोपिनी खेलाउने प्रेमीको रूपमा मात्रै बुझेँ । किनकि मेरो कान र दिमागसम्म आइपुग्ने सबै कथा–कहानी त्यस्तै रूपमा मात्र आइरहेका थिए । शिवलाई भूतप्रेत र पिचास अघिपछि लगाएर मरेको मान्छेको खरानी घस्ने देउताको बुझेँ । मेरो बुझाइ र बृहत् जगत्ले पुज्ने यी पात्रहरूले मलाई वास्तवमा ‘कन्फ्युज’ गराए । अनि आफ्नै हिसाबले यी पुरुषलाई बुझ्न खोजेँ । मेरो स्वअध्ययन र मेरो बुझाइलाई आफ्नै तर्क दिएर जब त्यसले मलाई विश्वस्त गरायो हाम्रा सभ्यताका यी आदिपुरुष र युगपुरुष दुवैप्रति मेरो सम्मान र आस्था दुवै बढेर आयो । मेरो आस्थाको धरोहर कसैले हल्लाउन नसक्ने बनेर आयो । सनातन सभ्यताले दिएको उदार स्वतन्त्रताप्रति सम्मान जागेर आयो ।

म बारम्बार भन्ने गर्छु, मेरो बुझाइ नै अन्तिम सत्य र बुझाइ हुँदै होइन । तर, अब मैले के बुझेँ भने कृष्णलाई गोपिनीको प्रेमीका रूपमा बुझाउने कथाले लौकिक प्रेमबारे मात्र भने कसैले त्यसमा कामवासनाको प्रेम पनि देखे । तर, अलौकिक निस्वार्थ प्रेम र समर्पण सायद कम देखाइए अथवा हाम्रो पूर्वाग्रह भरिएको दिमागले त्यति नै देख्न सक्यो । पहिले–पहिले गोपिनीहरूसँग रासलीला गर्ने भनेर मैले बुझ्ने कृष्णलाई अहिले प्रेमको प्रतीक भनेर बुझ्ने गरेकी छु । संसारमा धेरैभन्दा धेरै कृष्ण होउन् जहाँ प्रेम नै प्रेम मात्र होस् । घृणा र इर्ष्या एकादेशको कथा बनोस् ।

त्यस्तैगरी शिवलाई रूप र सारमा बुझ्दै जाँदा मलाई अथाह आत्मसन्तुष्टि मिल्दै जान लाग्यो । धेरैले डरलाग्दो मान्ने, मान्छे मरेपछि खरानी भएपछि त्यही खरानी दलेर हिँड्ने, भनेर बुझाइएका भगवान् शिवप्रतिको कहिल्यै नडगमगाउने आस्था र विश्वास पलाएर आयो । जिउँदो छँदा र सशरीर हुँदा सबैले खोज्छन् र माया गर्छन् । तर, जब यो देहको अन्त्य खरानी हुन्छ सायद कसैले पछाडि फर्केर हेर्दैनन्, तब त्यही दुनियाँले काम नलाग्ने ठानेको खरानी अथवा भष्मले पनि भगवान् शिवको शरीरमा ठाउँ पाउँछ । त्यो नै उनको प्रिय गहना बन्न जान्छ ।

आफ्ना सृष्टिका प्राणीलाई देहपछिको खरानीलाई पनि खुसी–खुसी आफूमा समाहित गराउन सक्ने भगवान् शिव मात्र हुन सक्छन् । शिव भगवानका फरक–फरक रूपमध्ये जब यो रूपको महत्वलाई आफ्नै हिसाबले बुझेँ तब भष्मखरानी घस्ने बाबाहरूमा पनि मैले शिवप्रति समर्पण देख्न थालेँ । हो, ती बाबाहरूलाई मैले पूजा नै त गर्दिनँ, तर उनीहरूको आस्थालाई म सम्मान गर्छु । यो जीवन र जगत्प्रतिको लोभमोह त्यागेर हिँड्न सानो हिम्मत र बुझाइले सम्भव छैन । केही अपवादबाहेक धेरैले जीवनलाई शून्यबाट बुझेर शून्यमै अन्त्य गर्न त्यो बाटो अङ्गालेको जस्तो लाग्छ मेरो बुझाइमा ।

यसमा बुझाइ फरक हुन सक्छन्, तर जुन दिनदेखि मैले त्यो बुझेँ- नाङ्गा बाबा, साधुहरू जीवनलाई हेर्ने दृष्टिकोणलाई सम्मान गर्छु । भगवान् शिवका यी र यस्ता धेरै रूप र सारलाई अझै बुझ्ने कोसिस गर्दै छु जसले मलाई आत्मिक शान्ति दिएको छ । हामीले रूपमा देखिने नाग र बाघको छालाको आशनमा बसेको देखाइने चित्रले पनि जीवनको अर्को कुरालाई इङ्गित गरेको छ । सर्पजस्तो विशालु चलायमान तत्व र बाघजस्तो हिंस्रक अनि डरलाग्दो पशु साथमा राखेर ध्यानको मुद्रामा लीन हुन शिवजस्ता आदियोगीले मात्र सक्छन् । हामी हाम्रो दैनिक जीवनमा पनि सर्प र बाघजस्ता तत्वको वरिपरि छौँ । हाम्रो देहको भयले गर्दा ती चिजहरू डरलाग्दा लाग्छन् । जुन समय हामी शरीरमा हुने क्षतिभन्दा माथि सोचेर ध्यान र योगमा लाग्न सक्छौँ त्यतिबेला मात्र शिवतत्वको रूप र सार बुझ्न सक्छौँ ।

आशा गर्छु, साउनमा शिवलिङ्गमा जल चढाउनेजति सबैले शिवका बहुआयामिक रूपको एउटा न एउटा पाटोबारे आफ्नै खालले शुद्ध ज्ञान प्राप्त गरून् र त्यसले आदिदेव महादेवप्रति मनमा अझ बलियो श्रद्धाभक्ति सम्मान जागोस् ।

२८ श्रावण २०७६, मंगलवार ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..