इदमा काश्मिरमा सुरक्षा व्यवस्था झन् कडा

श्रीनगर, २७ साउन (एएफपी) । सोमवार सुरु हुने इद अल अधा पर्वको पूर्व सन्ध्यादेखि नै काश्मिरका सबैजसो मस्जिदहरुमा सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन् ।

यस हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ । स¬–साना मस्जिदहरु मात्र खुल्ला राखिएको र ती मस्जिदमा ठूलो भिडभाड नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गएको दुई दिनयता यहाँ कर्फ्यू खुकुलो पारिएको बताइएको थियो । तर यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ ।

जम्मु काश्मिरलाई नियन्त्रण लगाई केन्द्र सरकारको मातहतमा राख्ने कदमको विरोध भएका कारण काश्मिरमा आठ दिनदेखि सुरक्षा व्यवस्था कडा गरिएको समाचारमा जनाइएको छ ।

मुसलमानको बाहुल्य भएको जम्मू् काश्मिर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा रहेका र फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ ।

गत बिहीवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिीरका नागरिकलाई इद उल अधा पर्व मनाउन सहज पारिदिने वाचा गर्नु भएको थियो ।
जम्मू काश्मिरलाई विशेष महत्व दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपछि काश्मिरमा विरोध भइ आएको छ । भारत सरकारको यो कदमपछि विश्वको आँखा भारत प्रशासित काश्मिरको अवस्थाप्रति केन्द्रित रहेको छ ।
मुसमान समूदायको ठूलो पर्व इदको लागि भारतको नियन्त्रणमा रहेको काश्मिर प्रशासनले आइतबार कतिपय इलाकामा कर्फ्यू खुकुलो पारेको थियो ।

कर्फ्यू खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको सोमवारको इदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए । त्यस प्रयोजनका लागि सवारी साधन पनि केही खुकुलो पारिएको थियो ।

आइतवार दिउँसोको १२ बजेसम्म सडकमा नागरिक र सवारी साधनको आवतजावत बढेको काश्मिरबाट प्राप्त भएका समाचारमा जनाइएको थियो । आइतबार कतिपय स्थानमा ट्राफिक जाम पनि भएको बताइएको थियो ।

तर १२ बजेपछि अचानक सुरक्षा व्यवस्थामा कडा गरिएको र मानिसको चहलपहल स्वात्तै घटेको थियो । त्यहाँ अहिले पनि सञ्चार तथा सूचनाका साधनहरु पनि प्राय बन्द छन् ।

निरन्तरको कफ्र्यू र सञ्चारको अभावमा त्यहाँको अवस्था के कस्तो छ भन्ने बारेमा केही सूचना प्राप्त हुन नसकेको स्थानीयको भनाई छ ।

२८ श्रावण २०७६, मंगलवार ०४:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..