आप्रबासी तथा शरणार्थीको भार समान बनाउन इयूसँग ग्रीसको आग्रह

एथेन्स, ग्रीस, २७ साउन (एएफपी)। यूरोपमा पुग्ने आप्रबासी शरणार्थीको भारलाई समानरूपमा वितरण गर्न ग्रीसले यूरोपेली संघ (इयू) सँग सोमबार आग्रह गरेको छ ।

ग्रीसका केही टापूहरू हुँदै यूरोप प्रबेश गर्न खोज्ने आप्रबासीको सङ्ख्या गत केही हप्ता यता व्यापक बढेपछि ग्रीसले उनीहरूको व्यवस्थापनलाई लिएर इयूमा चिन्ता व्यक्त गरेको हो ।

गत जुलाई ७ पछि ग्रीसको बाटो यूरोप प्रबेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक आप्रवासी आउन थालेपछि ग्रीसले यो समस्यालाई इयूमा उठाएको बताइएको छ ।

“विगत एक डेड महिना एता आप्रबासीको प्रवाहमा निकै वृद्धि भएको छ,” ग्रीसका नागरिक सुरक्षा उपमन्त्री जर्जियस कोमोटसाकेसले ग्रीक दैनिक काथिमेरिनीसँगको अन्तवार्तामा भन्नुभएको छ ।

टर्कीको नजिक रहेका ऐजन टापूहरू लेस्बस, सामोस, चिओस, कोस, र लेरोसमा २० हजारभन्दा बढी आप्रबासी, शरणार्थीहरू जम्मा भएका छन् । पछिल्ला केही महिनामा आप्रबासी तथा शरणार्थीहरूको उक्त क्षेत्रमा प्रवेशको क्रम १७ प्रतिशतले बढेको बताइएको छ ।

इयूले शरणार्थीको वृद्धि हुनुमा ग्रीसको नयाँ अनुदारवादी पार्टीको आप्रबासी नीतिलाई जिम्मेवार देखेको छ । पछिल्लो समय इयूले आप्रबासी नियन्त्रणमा ग्रीस र इटालीका नाकामा कडाई गर्ने नीतिसँगै उक्त बाटो यूरोप पुग्ने आप्रबासीको सङ्ख्यामा व्यापक कटौति भएको थियो ।

सिरिया, लिविया, यमन, अफगानिस्तान लगायतका मुलुकमा भएको द्वन्द्वका कारण सन् २०१५ मा यूरोपमा शरणार्थीका रूपमा पुग्ने एशियाली तथा अरबी नागरिकको सङ्ख्याले आप्रबासी समस्या एक सङ्कटका रूपमा देखिएको थियो । तर पछिल्ला केही बर्षमा यो सङ्ख्यामा उल्लेख्य कमी आएको थियो ।

२८ श्रावण २०७६, मंगलवार ०४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..