कश्मीर प्रकरणमा पाकिस्तानलाई चीनको साथ

दिल्ली, २४ साउन । भारतले जम्मु–कश्मीरको विशेषाधिकार खोसेको सम्बन्धमा पाकिस्तानले गरेको निन्दामा साथ दिने राष्ट्रहरु चीन मात्रै भएको छ । खाडीसहित अन्य देशलाई मनाउन पाकिस्तान असफल भएको छ । पाकिस्तानको पक्षमा चीन बाहेक अरू कुनै पनि देशले बोल्न मानेका छैनन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुसलमानबहुल मुलुक सहित थुप्रै देशका नेतालाई व्यक्तिगत रूपमा टेलिफोन गरि जम्मु कश्मिरको विषय उठाएपनि उनले पर्याप्त आश्वासन नपाएको बुझिएको छ ।

इस्लामी सहयोग संगठनको महत्त्वपूर्ण सदस्य युनाइटेट अरब एमिरेट्स (युएई)ले जम्मु कश्मीर मामिलामा भारतको समर्थन गरेको छ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनलाई इमरानले फोन गरेपनि समर्थन पाएनन् । चीनले आधिकारीक रुपमा वक्तव्य जारी नगरेपनि यो विवादमा चीन पाकिस्तानको पक्षमा उभिने आँकलन गरिएको छ ।
(टाइम्स अफ इन्डियाको सहयोगमा)

२४ श्रावण २०७६, शुक्रबार १२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..