एनआरएनएका अध्यक्ष भट्टद्वारा फेरि उम्मेदवारी नदिने घोषणा

काठमाडौँ, ९ साउन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले फेरि अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । २०१७ मा अध्यक्ष बनेका भट्टको कार्यकाल सकिन २ महिना बाँकी छ । यसअघि उनले आगामी कार्यकालको लागि पनि अध्यक्षमा दावेदारी गर्ने आँकलन गरिएपनि बुधबार बेलुका फेसबुक लाईभमार्फत पुनः उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा एनआएनएको केन्द्रिय कार्यालय भवन निर्माण, शंखमूल घाट उद्यानको काम, एकिकृत लाप्राक बस्ती निर्माण, पहिलो बौद्धिक सम्मेलन लगायतका काम भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

एनआरएनको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । एनआरएन अध्यक्षको कार्यकाल दुई वर्षको हुनेगर्छ ।

९ श्रावण २०७६, बिहीबार १०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..