थाइल्याण्डमा १० नेपाली प्रशिक्षार्थीको उद्धार

बैंकक, ६ साउन । काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

ती प्रशिक्षार्थीले सम्झौताबमोजिम तालीम सुविधा नपाएकाले समस्या परेको व्यहोरासहित त्यहाँस्थित नेपाली राजदूतावासमा निवेदन दिएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ । कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत नेपाली प्रशिक्षार्थीहरु थाइल्याण्डको बैंककस्थित अन्तर्राष्ट्रिय होटेल तथा एअरलाइन्स स्कुलमा फुड एण्ड बेभरेज तालीमका लागि भनी थाइल्याण्ड गएका थिए ।

राजदूतावासको पहलमा १० जना प्रशिक्षार्थीमध्ये यही साउन १ गते तीन र साउन ३ गते बाँकी सात जनालाई उद्धार गरी नेपाल फकाइसकिएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाली विद्यार्थीले कन्सल्टेन्सीमार्फत विदेशस्थित शैक्षिक संस्था तथा तालीम प्रदायक संस्थामा अध्ययन वा तालीमका लागि जानुभन्दा अगाडि त्यस्ता संस्थाका बारेमा विस्तृत जानकारी लिन र यकिन गरेर मात्र प्रक्रिया अघि बनाउन उपयुक्त हुने दूतावासले जनाएको छ ।

७ श्रावण २०७६, मंगलवार ०५:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..