दक्षिणकोरियामा नेपालीको अवस्था

मीन प्रकाश उप्रेती,दक्षिणकोरिया (सउल)

द्वितीय विश्व युद्ध पश्चियात छुट्टै राज्यमा स्थापित भएको दक्षिण कोरियाले छोटो समयमा आफ्नो विकसित अर्थतन्त्रलार्इ संसार सामु चिनाउन सफल हुनुको कारण थियो दरिलो श्रमनिति ।त्यहि श्रमनितिका कारण दक्षिण कोरिया आज संसारका धनि राष्ट्रहरूमा गनिन आउँछ । छोटो अवधिमा यस देशले गरेको आर्थिक प्रगतिको प्रशंसा आज विश्वभर गरिने गरिएको छ र आाज यो देशलार्इ मेहनति राष्ट्रको उदाहरणको रूपमा लिने गरिन्छ । युद्धले क्षतबिक्षेद भएको कोरियाको आर्थिक अवस्था सुधारकालागि त्यति सहज थिएन । युद्धताका अनिकालले हाहाकार भएको यो देशमा त्तकालिन सरकारले दात्रृ राष्ट्र तथा कोरियन सर्वसाधारणलार्इ समेत देश विकासका लागि राष्ट्रिय ढिकुटिमजबुद बनाउन यथासक्तो आर्थिक सहयोगका लागि अपिल गर्यो् । फलश्वरूप अनिकालको गांस काटेर यस देशका नागरिकले राष्ट्रिय ढिकुटिमा रकम जम्मा गर्नथाले ,कसैले नगद दिए त कसैले आफुसंग भएका गरगहना दिए । देश भन्दा ठुलो अरूकेहि होर्इन भन्ने सम्झे र सरकारी श्रमनिति अनुरूप कडा परिश्रम गर्न थाले ,परिणाम स्वरूप आज कोरिया नेपाल लगाएतका १४ मुलुकका निम्ति आर्कशक रोजगारको थलो बन्न पुग्यो ।

नेपालका लागि दक्षिण कोरिया रेमिट्यान्स भित्र्याउने आर्कषक देश बन्दै गएको छ । ब्यवशाय र बैवाहिक भिषा सँग सँगै रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली कामदारलाई दक्षिण कोरिया सकारले उच्च प्राथमिकता दिएर कोरिया भित्र्याएका कारण रेमिटेन्समा वृद्धि हुन थालेको हो ।

रोजगार अनुमति प्रणाली (इपिएस) , ट्रेनिङग, व्यवशाय, बैवाहिक भिषा तथा अवैधानिक रूपमा कोरियामा बसोबास गर्दै आएका नेपालीहरूको सङ्ख्या पन्ध्र हजारको हाराहारीमा रहेको दक्षिण कोरियास्थित नेपाली दुतावासको आंकडामा देखिन्छ ।कोरियामा व्यवशाय संचालनदेखि बाहेक अन्य भिषामा रहेका नेपालीहरूको आय प्रति व्याक्ति प्रति महिना एकलाख रूपयाँ हुने गर्दछ । सबै खालका खर्च कटाइ सरदर प्रति व्याक्तिले ८० हजार रूपयाँ बचाउने गरेको कोरियास्थित विदेशी सहयोग केन्द्रको एक अध्ययनले देखाएको छ भने करिब तीन सयको सङ्ख्यामा दक्षिण कोरियामा रहेर ब्यवशाय संचालन गर्दै आएका नेपाली ब्यवसायीहरूको आय सरदर दुर्इलाख प्रति महिना प्रति व्याक्ति हुने गर्दछ।यसरी हेर्दा दक्षिणकोरियामा रहेका नेपालीहरूको कुल नेपाल भित्रने बार्षिक आय चैाध अर्ब हुन आउँछ भने पछिल्लो समयमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा पास गरेका नेपाली कोरिया भित्रदा यो आय दोब्बरहुन जान्छ ।

यससरि भित्रने रेमिट्यान्स सँग सँगै कोरियामा नेपालीका समस्या पनि त्यतीनै चर्को रूपमा रहेका छन् ।

कोरियन नागरिक सँग बैवाहिक सम्मंधकायम गरी कोरिया प्रवेश गरेका नेपाली महिला हरूको अवस्था दयानिय छ । ती युवतीहरुले आफुहरु अलपत्र परेको बताउदै उद्धारको माग गरिरहेका छन् । कुनै ठोस निर्णय बिना नै सम्बन्धमा बांधिएर कोरिया आएका कारण यसरी अलपत्र पर्ने गरेको उनीहरूले बाताउने गरेका छन् ।

नेपाल स्थित विभिन्न कन्सलटेन्सी र कोरियामा रहेका नेपाली दलाल मार्फत यसरी दक्षिणकोरीया पुगेका युवतीहरु उद्वारका लागी सम्बन्धित निकाय सम्म जान नसक्ने अवस्थामा रहेका छन्। आफू भन्दा उमेरामा धेरै फरक त्यस ठाउँको सामाजिक परीवेश, भाषाको अनभिज्ञयता र पारिवारिक र्दुब्यवहारका कारण यसरी पीडा भोग्दै आएका हुन ।

दक्षिणी कारीयामा बैवाहीक समंन्ध कायम गरी आउनेको सङ्ख्या छ सयको हाराहारीमा रहेको छ। यसरी संमन्ध कायम गरी आउनेहरु मध्ये असी प्रतिशतले कोरियामा पीडा भोग्नु परेको छ ।

यसरी संमन्धमा बांधिएर आउनेहरुको आफ्नो कमजोरी त छदै छ तर सरकारी स्थरबाट दक्षिणी कारीयामा गरिने बैवाहीक समंन्ध बारेमा जनस्थरमा चेतना बढाउने र सूचना प्रवाहकालागि सरकारी ठोस नीति ल्याउनु आवश्यक छ ।

उता दुर्घटनामा परी अपाङ्ग हुने नेपालीको सङ्ख्यामा वृद्धि भर्इरहेको छ। कंम्पनीमा काम गर्दा मेशीनमा च्यापीएर , धारीला हतियार ले काटेर र केमीकलको कारणले गर्दा यस्ता घटना हुनेगरेका छन्।
ईम्पलाइमेन्ट परमीट स्टम र टेनिङ्ग भिषा बाट रोजगारको लागी दक्षिणकोरीया आएका नेपालीहरू अन्यदेशको तुलनामा बढी दुर्घटनामा परी अङ्गभङ्ग हुने गरेका छन्। यसरी दुर्घटना पर्नेहरु अघीकांशले आफू दुर्घटनामा परी अङ्गभङ्ग भएको कुरा सार्बजनिकगर्न चाहादैनन । हाल सम्म पाँच जाना नेपाली श्रमिकले दुर्घटना र आत्मा हत्याबाट कोरियामा ज्यान गुमार्इ सके भने दर्जनोँ अपाङग भएका छन् । नेपालमा श्रमबिभागले गराउने तालिम मा कमी भएको र त्यसबाट नेपाली कामदारले कुनै ज्ञान लिन नसक्ने हुदा उक्त निकायलाई अब आउने कामदारहरु लाई समंधीत काम सम्बन्धी राम्रो तालिम र जानकारी गराउनु अनिर्वय देखिन्छ। कोरियाको भौगोलिक ,समाजीक र सांस्कृतिक तथा शिपमुलक तालिम गराउनु आज कोरियाको लागि आवश्यक भएको छ ताकि अब आउने नेपाली श्रमिकले यो नियतिको सिकार हुनु नपरोस ।
कामदार समेतले निजी सुरक्षाप्रती सचेत र आत्माबल बलियो बनाएर कामको लागी विदेश लाग्नु अनिर्वय छ ।

दक्षिण कोरिया स्थित नेपाली दुताबासले कोरियामा कामगर्न आउने नेपाली कामदार हरुलाई तालिम र ज्ञानको कमी रहेको बताउदै दुताबास बाट श्रमंमन्त्रालयलाई यस समनन्धी जानकारी गराई सकेको जनाए पनि श्रम बीभागले कुनै चासो देखाएको छैन।

कोरियामा मत्छय् उत्पादन (फिसीङ्ग) र कृषि (एग्गरीकल्चर)मा काम गर्न आएका नेपाली कामदारको अवस्था दयानिय छ। जसोगरी भएपनी कोरिया प्रवेश गर्ने पाए पैसा कमाउन सकिन्छ भन्ने उदेश्यले फिसीङ्ग र एग्गरीकलचरमा कोरियामा काम गर्नेआएकाका नेपालीकामदार उक्त क्षेत्रमा काम गर्न नसकी अधिकांश अबैधानिक हुन पुगेका छन् भने केही कोरिया सरकार द्धारा अबैधानीक रूपमा पक्राउपरी नेपाल फर्की सकेका छन्।

आफूहरुलाई समुन्द्र समन्धी कुनै ज्ञान नभएको हुदा त्यसठाउमा गई काम गर्न अतीनै कठिन भएको पीडीतहरुले बताउने गरेका छन।कोरीया सरकारको उत्पादन (मेनिफेक्चर) समन्धी मजदुर कानुन मत्छय् उत्पादन (फिसीङ्ग) र कृषि (एग्गरीकल्चर) सँग मेल नखाने हुदा कम्पनी सर्नपाउने नियम रहेपनी फिसीङ्गर र एग्गरीकल्चर बाट अन्य क्षेत्रमा वैधानिक रूपमा सर्न नपाईने हुदा अबैधानिक हुने नेपालीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ यसले कोरियाले नेपाललार्इ हेर्ने दृष्टिमा नकारात्माक असर पार्न सक्छ ।

हाम्रो देशमा प्रारम्भिक स्तरदेखि नै व्यवहारिक र प्राविधिक शिक्षा नपाउनुको एउटा कारण हो विदेशमा पिडा भोग्नु ,त्यसमा पनि मुलुकमा रहेका उद्योगधन्दाहरु संचालनमा नआउनु र नयाँ उद्योगधन्दाहरु संचालन नगरिनु र सत्तामा जानकालागि युवाहरूलाई प्रयोगका दृष्टिले मात्र हेरिनुले नै वैदेशिक रोजगारको विकल्प नभएको हो । । जबसम्म मुलुकमा पूँजिवादी विकासको थालनी हुँदैन तबसम्म मुलुकको विकास हुन सक्दैन । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

युवा शक्तिलाई स्वदेशमा रोजगारी दिलाउन नसके पनि विदेशमा जानु अगावै सम्बन्धित देश र रोजगारदाता कम्पनीको माग अनुसार दक्षता हासिल गराई उसको दक्षता परीक्षण स्वदेशमा गराएर विदेश पठाउनुपर्ने प्रावधान सरकारी नियकाबाटै अवलम्बन गरिनुपर्छ ।रोजगारमा जान चाहने युवाहरुले विदेशमा गर्नुपर्ने कुनै पनि कामको स्वदेशमा सम्बन्धित निकायले अनुगमन गरेको देखिँदैन । जे होस् सरकारी नीतिबाटै वैदेशिक रोजगारमा होस् या स्वदेशमा पाउने रोजगारमा होस् प्रारम्भिक शिक्षासँग व्यवहारिक र प्रबिधिक शिक्षा पनि दिइनुपर्ने आजको आवश्यकता हो । जुन शिक्षाले गर्दा मुलुकको युवाशक्ति पलायन नहुने र स्वदेशमा नै आत्मनिर्भर भएर मुलुकको विकासतर्फ अग्रसर हुने थिए । युवाहरूलाई मुलुकको विकासमा लगाउनु नै आजको आवश्यकता बनिरहेको छ, जसलाई प्राविधिक र व्यवसायिक शिक्षाले महत्वपूर्ण योगदान पुयाउनेछ। जनता विकास भए भने राष्ट्र विकास हुन्छ भन्ने मान्यताका साथ वर्तमान शिक्षा प्रणालीमा आमुल परिर्वतनको खांचो छ ।

१ चैत्र २०६८, बुधबार ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..