बाढीपहिरो र डुबानमा मर्नेको सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता

काठमाडौँ, २९ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिनुभयो । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

यो समाचार तयार पार्दासम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।

बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् ।

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ ।

२९ असार २०७६, आईतवार ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..