नेपाली छोरी कन्चन अमात्य बेलायतको प्रतिष्ठित डायना पुरस्कारद्वारा सम्मानित

लसएन्जलस। नेपाली छोरी कन्चन अमात्य बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कारद्वारा सम्मानित भएकी छिन् । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो ।

डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने नेपालकी छोरी कन्चन अमात्य पहिलो नेपाली भएकी छिन । उनले सामाजिक कार्य तथा मानबिय कार्यमा उल्लेख्य योगदान गरे वापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो । यो उच्चतम पुरस्कार युवा नेपाली युवतीलाई उनको सामाजिक कार्य र मानवीय प्रयासमा उनले गरेको भूमिकालाई प्रदान गरिएको छ । यो प्रतिष्ठित पुरस्कारलाई बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहेको छ ।

उक्त पुरस्कार स्व राजकुमारी डायनाको ५८ औ जन्मदिनमा प्रदान गरिएको छ । यस बर्ष उक्त डायना अवार्ड ( पुरस्कार )ले २० औ बार्षिकोत्सव मनाउने छ ।

डायना अवार्ड २०१९ मा कन्चनको प्रवेश संगै उनले आफ्नो सम्मानको भूमिकामा ‘आफू तीव्र गरिवी बिरुद्ध कार्यकर्ता,मानव अधिकारबादी पक्षपोषक ,र सामाजिक उद्यमी ‘हु भनेर ब्याख्या गरेकी छिन ।

उनले उक्त पुरस्कारलाई स्वीकार गर्दै नया पुस्ताका नेपाली युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न प्रतिबद्ध छु र बिश्वमा यस्तो समुदाय निर्माण गर्न चाहन्छु जहाँ कसैले पनि शिक्षा र भोक बाट एकै दिन पनि बन्चित हुन् नपरोस भन्ने संदेश दिएकी छिन ।

नेपाल ललितपुर जावलाखेल घर भै हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी छोरी हुन् ।

अमात्य विश्वकै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सको ‘फोर्ब्स ३० बर्ष मुनीका ३०’ २०१८ सूचीमा पर्न सफल भएकी थिइन् । उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा छनोट गरेको थियो । अमात्य महिलाको आर्थिक सशक्तिकरण सम्बन्धि युएन महिला बिश्व च्यामपियन(बिजेता)मा सेवारत छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावरमेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी)सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार,नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

यसै गरि उनले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन् । (तस्बिर सौजन्य : दि डायना अवार्ड)

१९ असार २०७६, बिहीबार ००:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..