यौनकर्मी बालिका सिलाई–बुनाई सिक्दै

निरोज कुमार थापा, काठमाडौँ, १८ असार । कलंकीको एउटा गेष्ठ हाउसमा हामी ग्राहक बनेर पुग्यौँ । भाई र म । एक एक वटा कोक मगायौँ । हाम्रो गफ सुनेर गेष्ठ हाउसको काउन्टरमा बस्ने अग्ला व्यक्ति केही शसंकित भएका थिए । ‘हामी आज यतै बास बस्छौँ, खाना पनि बनाउनु है’ मैले काउन्टरमा भने । बेलुकाको साढे ८ बजेको थियो होला । एक हुल नानीहरु आए । हामी तिर संकेत गर्दै उनीहरु कस्ता लोभी मान्छे भन्दै गफ गरिरहेका थिए । मैले भाइलाई आज यी नानीहरुसँग कुरा गर्नुपर्छ है भने ।

म पेशाले पत्रकारिता गर्ने मान्छे, भाई बेकरीमा काम गर्छ । मेरो पहिल्यै देखिको चाहाना थियो, यौनकर्मी महिलाहरुको आफ्ना पीडा के हुँदारहेछन भनेर बुझ्ने । भाईले नै मलाई सल्लाह दिएको, ‘महिला भन्दा पनि बालिकाको कुरा लेख्दा राम्रो हुन्छ ।’ त्यसैले सुरक्षाको लागी मैले भाइलाई लिएर गएको थिए ।

खाना खाएपछि पनि हामी बसिरह्यौ । काउन्टरमा महिला आइन् । ‘सरहरुलाई साथी चाहिएको हो कि के हो ?’ प्रश्न गरिन् । मैले ‘अँ’ भनिदिए । एक रातको एह हजार देखिको ‘रेट’ भएका नानीहरु रहेछन् ।

मैले हामी दाजु भाई एउटै कोठामा सुत्छौँ दुई वटा बेड भएको कोठा मिलाउन भने । काउन्टरबाट हुकुम भयो, ‘४ नम्बर कोठा सफा गर्दिनु ।’ काउन्टरमा भएकी महिला बोलिन, ‘कुन मन पर्छ लिएर जानु ।’ भाईले त्यहाँकी सबैभन्दा सानी केटीलाई लैजाने भयो ।

कोठामा गयौँ । भाई बाथ रुम छिरेर आयो । म भने ती नानीसँग केही सामान्य गफगाफ गर्न लागेँ ।

गत माघमा १५ वर्ष पूरा गरेकी शिल्पा उक्त गेष्ट हाउसमा काम गर्न थालेको दुई वर्ष वितिसक्यो । एक हजार ५ सय काउन्टरमा बुझाएर ती नानीलाई लिएर आएको हुनाले उनी हामीसँग बस्न बाध्य थिइन् । मेरो गफ गराईले उनलाई हामीसँग बस्न मन लागिरहेको थिएन भन्ने कुरा मैले प्रष्ट बुझेको थिए ।

सुरुमा त उनी आफ्नो कामबारे खुलेर बोल्न मानिनन् । उमेर, ठेगाना, घरपरिवार र उनले गर्ने काम बारे सोधपुश गर्दा उनी पनि डराएकी थिइैन् । निकैबेरको केरकारपछि भाइले भन्यो, ‘तिमीलाई केही अफ्ट्यारो पर्दैन, हामी तिमीसँग यौन क्रिडा गर्न आएका हैनौँ, तिमीसँग बुझ्न मात्र आएका हौँ ।’

त्यसपछि बल्ल उनले घोसेमुन्टो लगाएर भनिन्, ‘यस्तै नराम्रो काम गर्छु ।’ शिल्पाले भनेको नराम्रो काम ‘यौन व्यवसाय’ हो । ग्राहकको विषयमा कुरा उक्याए मैले । उनले बिहे नगरेका २०/२२ वर्ष उमेरका कम ग्राहक आउँछन् भनिन् । ‘बिहे भाका धेरै आउँछन्, कोही दुई चार घण्टा बस्छन्, कोही रातभरी पनि बस्छन् ।’ अलिक खुलेर कुरा गरिन् यो पटक ।

एक दुई घण्टा बस्ने चाँही नियमित ग्राहक हुन् । ‘एक घण्टा दुई घण्टा बस्न चाँही ठूला ठूला हाकिमहरु आउँछन्, दिउँसै पनि आउँछन् । मेरो नम्बर लेर जान्छन्, मन लाग्दा फोन गर्छन् मैले यीँ नै बोलाउँछु ।’ उनीहरुले भनेको बेलामा मानेन भने भड्किने डर छ उनलाई । यसरी दिउँसो आउनेले टिप्स खासै दिँदैनन् रे । ‘खाजा खाँर जा है भनेर १०० रुपैयाँ दिन्छन्, समाउनै पर्यो’ शिल्पाले भनिन् ।

उनी काठमाडौँ छिरेको तीन वर्ष भयो । गाउँकै एक जना दिदीले होटलमा भाँडा माझ्ने काम लगाईदिन् । होटल साहुको व्यवहारले उनलाई सानैमा यौनकर्मी बनायो । होटलमा काम गर्न साना साना केटी ल्याउने र ५/६ महिना काम लगाएपछि अब काम सिक्यौ हाम्रो ठूलो होटल छ त्यहाँ काम गर्नुपर्छ भनेर साहुले नै उनलाई गेष्ट हाउसमा पुर्याए । अहिले ती साहु कहिलेकाही आउँछन् गेष्ट हाउसमा मालिक आएको दिन ।

होटलमा भाडा माझ्दा उनी होटलमै बस्थिन । तर गेष्ट हाउसमा गएदेखि उनको बस्ने टुंगो छैन । ६ महिनाअघि यस्तै पेशा गर्ने केटीहरुसँग मिलेर उनले नैकापमा कोठा खोजिन । महिनाको ५ हजार भाडा तिर्नपर्छ ।

कक्षा ७ सम्म पढेकी शिल्पाको कमाई मासिक ४० हजारसम्म हुन्छ । ‘कमाई के भन्नु, आफैलाई बेचेछु जस्तो लाग्छ’ उनले गहभरी आँशु पार्दै भनिन् । पढाई छोडेकोमा पछुतो छ उनलाई । कम्तीमा एसएलसी गर्न पाएको भए केही राम्रो काम पाइन्थ्यो कि भन्ने छ । तर फेरि पढ्न मन छैन उनलाई । अब दिउँसो केही राम्रो सीप सिक्ने सल्लाह दियौँ हामीले ।

गाउँबाट बुबा आमाले दिनमा एकपटक फोन गर्छन रे । के काम छ भनेर सोध्दा राम्रो काम छ भनेर उत्तर दिन्छिन् । परिवारमा तीन छोरीमध्ये माइली रहिछिन् ।

सामान्य परिवारमा जन्मेकी उनी लहलहैमा काठमाडौँ आईन, सुन्दर भविष्य खोज्न । आजभोली उनलाई काठमाडौँ नर्क जस्तै लाग्छ । एक मनले खुशी पनि छिन् । ‘भगवानले यस्तै भन्या रछ, कम्तीमा माग्नु त परेको छैन’ उनी चित्त बुझाउन खोज्छिन् । तर सक्दिनन्, फेरि भकानिन्छिन् ।

‘अब गाउँ जान मन छैन । के मुख लिएर जानु ?’ उनले फेरि भनिन् । भाईले भन्यो ‘बैनी सिलाई बुनाईको तालिम लिन तिमीलाई लाग्ने केही पैसा हामी दिन्छौँ, यसरी हरेस नखाउ । मान्छे सधैँ नराम्रो हुँदैन, तिम्रो पनि बाध्यता छ ।’

रातको १ बज्न लागेको थियो, रुदैँ थिईन उनी । सुत्न आग्रह गर्यौ, उनी मानिनन् । धेरै फकाएपछि उनले भनिन्, ‘सायद मेरा पनि दाजु भाई थिए भने आज म यो पेशामा हुने थिईन होला, दुख गरेर भएपनि राम्रै बनाउथे होला है ।’ उनको यो भनाईले निकै भावुक बनायो । टेलरिङ सिक्न लाग्ने खर्चमा सहयोग गर्ने बचन दियौँ । उनी पनि टेलरिङ्ग सिक्न राजि भईन् । बहिनी भनेर सम्बोधन गर्दा उनको मुहारमा चमक आयो ।

अनि निकै बेर पारिवारिक गन्थन गरेपछि भाईले ५ हजार रुपैयाँ झिकेर दियो । बहिनी सुत अब, बिहान हामी सबेरै जानुपर्छ भन्यौँ । बहिनी सुतिन्, हामी पनि सुत्यौ । बिहानको सवा ५ बजे हामीलाई बहिनीले नै उठाईन, फोन नम्बर आदान प्रदान गरेर छुट्यौँ ।

बहिनी अहिले दिउँसो बल्खुमा टेलरिङ सिक्न थालेकी छिन् । सिकाउने दिदी आरती हुनुहुन्छ । दिनमा एकपटक फोन गर्छिन् बहिनीले । अहिले रातको पेशा कम गर्छिन् । खानकै लागि भएपनि गर्नैपर्ने बाध्यता छ उनमा । ‘चटक्कै छोडेर के खानु ?’ उनी भन्छिन् ।

फेरि खुशी हुँदै भन्छिन्, ‘दाई, मैले कुर्ता सुरुवाल सिलाउन जानिसके ।’ उनको यो कुराले निकै खुशी बनाउँछ । उनले एउटा सर्त राखिसकिन, ‘सिक्ने मान्छे धेरै आउदा रहेछन्, मलाई एउटा मेसिन किनिदिनुन म कोठमा नि सिक्न पाउँछु’ मैले हुन्छ भनेको छु । भदौसम्ममा किनिदिने बचन पनि दिएको छु ।

(नोटः बालिकाको नाम परिवर्तन गरिएको छ)

१८ असार २०७६, बुधबार १०:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..