श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित

कोलम्बो, १६ असार । श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् ।

जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सवैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ । प्राप्त विवरण अनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने दोस्रो धेरै विरामी गाम्पाहामा भएका छन् । गाम्पाहामा तीन हजार ५२ र तेस्रो धेरै प्रभावित भएको गाल्लेमा दुई हजार ३१ जना विरामी भएका छन् ।

बर्षा जारी रहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ले, कालुतारा र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ ।

उच्च ज्वरो, अनियन्त्रित वान्ता, पेट दुखाई, चक्कर लाग्ने, पिसाबसम्वन्धी समस्यालगायतका लक्षणहरू देखिनासाथ चिकित्सकहरुसँग परामर्श गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

“ज्वरो आएका सवै विरामीहरुलाई आरामको आवश्यकता पर्दछ, उनीहरुले केही दिन आफ्नो कामबाट विदा लिनु पर्दछ,” एक विषेशज्ञले भने ।

श्रीलङ्कामा गत बर्ष मात्रै ५० भन्दा बढीको डेङ्गुका कारण मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।

१७ असार २०७६, मंगलवार ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..