‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ तीन स्रष्टालाई

काठमाडौँ, १६ असार । सरकारले यस वर्षको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ बाट विभिन्न विधाका तीन स्रष्टालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय जीवनमा योगदान पुर्याउने राजनीतिक-सैद्धान्तिक विधामा लोककृष्ण भट्टराई (ओखलढुङ्गा), इतिहास विधामा डा नारदनाथ भारद्वाज (झापा) र साहित्य, संस्कृति र विज्ञानतर्फ डा राजेन्द्र विमल (जनकपुर)लाई पुरस्कृत गरेको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत स्रष्टालाई सम्मान प्रदान गर्नुभयो । तीन वटै पुरस्कारको नगद रु एक लाख र सम्मानपत्र रहेको छ । लेखन तथा सिर्जनामा दक्खल राख्ने भट्टराईको राजनीतिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान छ । उहाँले तत्कालीन नेकपा (एमाले) को विभिन्न जिम्मेवारी तथा प्रतिष्ठानमा समेत काम गर्नुभएको थियो । उहाँले व्यवस्थापन, शिक्षा र कानूनमा स्नातक गर्नुभएको छ ।

अङ्ग्रेजी साहित्यमा समेत विशेष दक्खल रहनुभएका पुरस्कृत डा भारद्वाजले इतिहासमा विद्यावारिधि गर्नुभएको छ । उहाँका अनुसन्धानमूलक कृति प्रकाशित छन् । तत्कालीन झापा विद्रोहमा समेत सक्रिय भूमिका निर्वाह गर्नुभएका उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको इतिहाससम्बन्धी अङ्ग्रेजी रचनालाई नेपालीकरण गर्नुभएको थियो । उहाँ तत्कालीन एमालेको सल्लाहकारसमेत बन्नुभएको थियो ।

त्यस्तै डा बिमल नेपाली साहित्यका चर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँका दुई दर्जन कृति प्रकाशित छन् । बिमलले जगदम्बा–श्री पुरस्कार, कला–श्रीलगायत चर्चित पुरस्कार पाइसक्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका पुष्पलाई स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले देखाएको बाटोमा अघि बढ्न सक्नुपर्ने बताउनुभयो । पुष्पलाल नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थामा आउन सक्दैनथ्यो भन्दै उहाँले पुष्पलालको प्रेरणाबाट, राष्ट्रको हित र जनताको सेवामा कटिबद्ध भएर लाग्नसक्नु नै उहाँप्रतिको सम्मान हुने धारणा राख्नुभयो ।

नेकपा वरिष्ठ नेतासमेत रहनुभएका नेता नेपालले पुष्पलालको धारणाअनुरुप कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसबीचको एकताबाटै लोकतन्त्रको सुदृढीकरणका लागि अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँ (पुष्पलाल) ले पटक–पटक भन्नुभएको थियो कि देशमा लोकतन्त्र बलियो बनाउनुछ भने दुई महत्वपूर्ण पार्टी कम्युनिष्ट र काँग्रेसबीच सहकार्य हुन जरुरी छ, त्यो भए मात्र लोकतन्त्र सुदृढ हुन्छ, सोही मान्यताअनुरुप विसं २०४६ को जनआन्दोल, २०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलन सफल भएर नयाँ व्यवस्था आए त्यसैले पुष्पलालको धारणालाई अहिलेको सन्दर्भमा पनि आत्मसात् गर्नुपर्छ, त्यो धारणा खोज–अनुसन्धान र आवश्यकताबाट आएको हो ।”

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले पुष्पलाई नेपाली राजनीतिका श्रेष्ठ पुरुष पुष्पलालको सामाजिक परिवर्तन र विकासमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले राष्ट्र निर्माणको आधारका रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि आगामी दिनमा स्रष्टालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

पुरस्कृतका तर्फबाट डा भारद्वाजले पुष्पलाल देशको इतिहासको युग नायक भएको र उहाँले माक्सवादी, दार्शनिक चिन्तबाट समाज परिवर्तमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

नेपाली राजनीतिक आन्दोलनका अगुवा स्व पुष्पलालले नेपाली वाम प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको उच्च कदर गर्दै उहाँको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो । सरकारले आव २०६८-६९ देखि नेपाली राजनीति आन्दोलन तथा सैद्धान्तिक, राजनीतिक खोज अनुसन्धान र लेखन कार्यमा लागेका व्यक्ति वा संस्थालाई प्रदान गर्दै आएको छ ।

१६ असार २०७६, सोमबार ०७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..