एनआरएनए युगाण्डाको अध्यक्षमा विनोद थापा निर्वाचित

युगान्डा । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद, युगान्डाको अधिवेशनबाट विनोद थापा निर्वाचित भएका छन् ।

थापा अध्यक्षका अर्का प्रत्यासी राजमणी भण्डारीलाई ११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
८२ मतदाता रहेको युगान्डामा ४५ सदस्य मतदानमा सहभागि रहेका थिए । जसअनुसार भण्डारीको पक्षमा १७ र विनोद थापाको पक्षमा २८ मत खसेको थियो ।
निर्वाचन सम्पन्न गर्न जीवनाथ पंगेनी, नरेन शर्मा र रमेश कंडेल गरि ३ सदस्यीय निर्वाचन समिति बनाइएको थियो ।

महिला संयोजकमा गरिमा बस्नेत समर्वसम्मत निर्वाचित हुँदा १५ सदस्सीय कार्यसमितिको उपाध्यक्षमा प्रेम श्रेष्ठ , महिला उपाध्यक्षमा तारा गिरि, महासचिवमा कमल दत्त भट्ट, सचिवमा धनराज गिरि, कोषाध्यक्षमा सन्जिव शर्मा , सहकोषाध्यक्षमा कल्पना अर्याल गैरे, युवा संयोजकमा तेजेन्द्र विवश र प्रवक्तामा निमेष श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा गणेश कार्की, श्रवण झा, रमा अर्याल र तेज खड्का
निक्कु केसी निर्वाचित भएका छ्न।

१६ असार २०७६, सोमबार ०६:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..