नेपाली अमेरिकन अगुवा मोहन ज्ञवालीलाई कम्युनिटी सर्भिस अवार्ड

न्यूयोर्क । अगुवा नेपाली अमेरिकन एवं एनआरएनए अभियन्ता मोहन ज्ञवाली कम्युनिटी सर्भिस अवार्डबाट सम्मान्नित भएका छन् । रिजउड डेमोक्रेटिक क्लवको आयोजनामा न्यूयोर्क स्टेट एसेम्ब्लीका तर्फबाट एसेम्बी मेम्बर क्याथेरिन नोलान एवं न्यूयोर्क सिटी काउन्सिलका तर्फबाट काउन्सिल मेम्बर डोनोभान रिचार्ड्सले ज्ञवालीलाई सम्मान गरेका हुन् ।

उनको साथमा कंग्रेसम्यान ग्रगोरी डब्लु मिक्स, मदजुर नेता एवं सामुदायीक अभियन्ताहरु हेक्टर फिगुएरोवा, जोसेफ जेइजर, माइकल जे. पलाडिनो, ब्रिआना मुलिगान, थोमस सी गुड्ढार्ट, बिनजेश समुदायका अधिवक्ता मेलिसा वोर्लान्डो पनि सम्मान्नित भएका छन् । रिजउड डेमोक्रेटिक क्लवको १११ औँ जनजयन्तीको अवसर पारेर गत जुन १३ मा आयोजित रात्रीभोजमा उनीहरुलाई सम्मान्नित गरिएको हो ।

कार्यक्रममा एसेम्ब्ली मेम्बर नोलान् एवं न्यूयोर्क सिटी काउन्सिलका पूर्व काउन्सिल मेम्बर क्राउलीले ज्ञवालीले स्थानीय नेपाली समुदायमा पुर्याएको योगदानको सदैव उच्च कदर हुने बताएका थिए । राज्यका गभर्नर एन्ड्रु कुम्बोका प्रतिनिधी हर्ष पारेखले नेपाली भाषामा ड्राइभर लाइसेन्स परिक्षा दिन पाउने व्यवस्थाका लागि ज्ञवालीले गरेको मेहनत स्मरण गरेका थिए । ज्ञवालीकै अथक प्रयासका कारण अहिले न्यूयोर्कमा नेपाली भाषामा ड्राइभिङ लाइसेन्स जाँच दिन पाइएको उनको भनाइ थियो ।

अवार्ड ग्रहण गर्दै ज्ञवालीले नेपाली अमेरिकी समाजबाट आफुले पाएको प्रेरणा र उर्जाकै कारण सम्मान हासिल गर्न सफल भएको बताउका थिए । उनले आफुलाई निरन्तर प्रोत्साहित गर्ने हिमालयन डेमोक्रेटिक क्लव र द रोटरी क्लव अब न्यूयोर्क ‘क्वीन्स’का सहकर्मीहरुलाई बिशेष धन्यवाद दिएका थिए ।

८ असार २०७६, आईतवार ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..