राष्ट्रपति भण्डारीद्वारा ०७५ को कविता महोत्सवमा उत्कृष्ट साहित्यकारहरु पुरस्कृत

काठमाडौँ, ३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई आज शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले कविले नेपाल राष्ट्र र नेपाली जनताका भावनालाई आत्मसात् गरी अनमोल कविता लेख्नु खुशीको विषय भएको व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “कविले विविध भाव, विचार, प्रकृति र संस्कृतिका साथै सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिनु गौरवको विषय हो । साहित्यिक पर्यटनका माध्यमबाट मुलुकलाई साहित्यकारले योगदानसमेत दिन सक्नेछन् ।”

समारोहमा विसं २०७५ को कविता महोत्सवमा प्रथम हुने फूलमान बल, दोस्रो सुनिता खनाल र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई पुरस्कृत गरियो । तृतीय हुने अर्का कवि जीवन खत्री उपस्थित हुनुभएको थिएन ।

यसैगरी विसं २०७२ का प्रथम र दोस्रो हुने कवि क्रमशः प्रोल्लास सिन्धुलीय र सरस्वती राईको बाँकी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कृत कविले आफ्ना कविता वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले विसं २०२२ देखि कविता महोत्सवको आयोजना गरिएको बताउँदै प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सम्बन्ध विकास गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताउनुभयो भने काव्य विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले यही असार ९ गते हुने कविता महोत्सवको छनोटमा वाचनका लागि अलग्गै १० पूर्णाङ्क तय गरिएको जानकारी दिनुभयो ।

४ असार २०७६, बुधबार ०२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..