‘स्मार्ट छोरी’ कार्यक्रम ल्याइयो

दाङ्ग, २ असार । तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

आगामी आवदेखि जन्मिएका हरेक छोरीलाई स्मार्ट छोरी कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० सयका दरले वार्षिक रुपमा एकमुष्ट रु एक हजार २०० रकम उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई दिइएका पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि एकमुष्ट उपलब्ध गराइनेछ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि बिहे गरेपछि भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने बताइएको छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने नगरप्रमुख पाण्डेले बताउनुभयो ।

यसैबीच उपमहानगरपालिकाले उपप्रमुख महिला सुरक्षा कार्यक्रम पनि लागू गरेको छ । लैङ्गिक हिंसामा परेका महिलाको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि सो कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याएको हो ।

त्यसैगरी सक्षम महिला, विकासमा पहिला अभियानका लागि महिलाहरुको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई विकास तथा निर्णय, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहभागिता सुनिश्चित गर्ने नीति ल्याइएको छ ।

यस्तै उपमहानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्ष महानगरभित्र, दाङ र प्रदेश नं ५ का धार्मिक तथा पर्यटकीयस्थलमा भ्रमण गराउने भएको छ ।

३ असार २०७६, मंगलवार ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..