प्रधानमन्त्री ओलीको लण्डनमा भव्य स्वागत

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, ‘समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसंगको भेटले सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको मुलुकसंगको सम्बन्ध थप प्रगाढ बनेको छ ।’

१७ वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत आएपनि बेलायती प्रधानमन्त्रीले राजिनामा दिएकाले कुनै सम्झौता भएन ।

उपनियोग प्रमुख शरदराज आरनले सन्चालन गरेको उक्त कार्यक्रममा ब्रिटिश राज्यमन्त्री मार्क फिल्डले ब्रिटिशहरूमा नेपाल र नेपालीप्रति गहिरो स्नेह रहेको बताउँदै ब्रिटेनले नेपाललाई दिँदै आएको सहयोगको चर्चा गरेका थिए।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले स्वागत मन्तब्य दिंदै बेलायत नेपाल सम्बन्धबारे बोले ।

३० जेष्ठ २०७६, बिहीबार ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भ्रमण वर्ष मनाउन यी कुराहरु सुधार्नु पर्छ

निरोज कुमार थापा, काठमाडौँ, १ मंसिर । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले २० लाख पर्यटक भित्र्याउन..

आलमलाई किन नख्खु जेलमा ल्याईयो ?

ललितपुर, १ मंसिर । रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित..

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..