नुवाकोट गोल्डकप फुटबलः सङ्कटा फाइनलमा

बिदुर, ३० जेठ । नुवाकोटमा जारी ‘दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा सङ्कटा फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा सङ्कटाले च्यासल युथ क्लबलाई सडनडेथमा ७–६ गोलले पराजित गरेको हो ।

आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको सेमिफाइनलमा निर्धारित समयमा दुबै टोलीलले एक÷एक गोलको बराबरी खेले । त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा सङ्कटाका लागि अमित तामाङ, म्यासेज प्रियर, इरेस्ट टम्पी, दिपेश आलेमगर, सरोज दाहाल र कोन वोरिसले गोल गरेका थिए ।

यस्तै च्यासलका लागि विक्रम लामा, अमिर श्रेष्ठ, वियक, परीसो, देवेन्द्र तामाङ र त्रिसिङ गुरुङले गोल गरेका थिए । सडेनडेथअन्तर्गत सातौ प्रहारमा सङ्कटाका सुभास गुरुङले गोल गरे भने च्यासलका मिलन राईको प्रहार सङ्कटाका गोलकिपर राजाबाबु थापाले रोकेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सङ्कटाका गोलकिपर राजाबाबु थापा म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । यसअघि निर्धारित समयमा च्यासलका लागि मिलन राईले तथा सङ्कटाका लागि विदेशी खेलाडी कोन वोरिसले गोल गरेका थिए । फाइनल खेल शुक्रबार सङ्कटा र नुवाकोट–११ बीच हुने नुवाकोट फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरु जानकारी दिनुभयो ।

३० जेष्ठ २०७६, बिहीबार ०४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..