एनआरएनए अमेरिकाको अध्यक्ष पदमा सुनिल शाह सहित काँग्रेसको प्यानलै निर्वाचित

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ६ जेठ । गैर आवासीय नेपाली संघ (एनआरएनए), अमेरिका राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा टेक्सास निवासी इन्जिनियर सुनिल के शाह निर्वाचित भएका छन् । पेशाले इन्जिनियर रहेका शाहले आइतबार सम्पन्न मतगणनामा झन्डै दोब्बर मतले (३७११ मत प्राप्त गरी) आफ्ना दुई प्रतिद्वन्दीलाई पराजित गरी संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । आइतबार सम्पन्न मत गणना अनुसार शाहका प्रतिस्पर्धी सुर्य लम्सालले १७९७ मत प्राप्त गरेका थिए । मूल थलो नेपालको राजनीतिले प्रभावित संघको निर्वाचनमा मातृभूमि नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी समर्थक प्रवाशी मंचले काँग्रेस निकट शाह बिरुद्ध न्युयोर्क राज्यका संजाय थापाको नेतृत्वमा छुट्टै प्यानल सहितको उम्मेदवारी दिएको थियो । थापाले १५५४ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडे विजयी भएका छन् भने महासचिवमा सियाटल निवासी पशुपति पाण्डे विजयी भएका छन् । क्षेत्रीय उपाध्यक्षहरुमा क्रमश: बिआर लामा, कृष्ण जीवी पन्त, सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी भएका छन् । त्यस्तै सचिवमा अमृत कटेल, कोषाध्यक्षमा नेत्र बन्धु पोखरेल, सह-कोषाध्यक्षमा सन्तोष विष्ट र महिला संयोजकमा दीक्षा बस्नेतले विजयी भएका छन् । निर्वाचन मार्फत एनआरएनए अमेरिकाको नेतृत्व चुनिएको यो तेश्रो अवसर हो । झण्डै ९ हजार मतदाता रहेको निर्वाचनमा विभिन्न पदमा करीब २४० जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेको संघको यो निर्वाचनले मूल थलोको संसदीय निर्वाचनको जस्तै झल्को दिन्थ्यो । वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडेले निर्वाचन जितेका छन् ।

President:
Suneel K Sah- 3711 Winner (Texas)
Surya Sal Lamsal-1797
Sanjay Thapa- 1554

Sr. Vice President:
Dr Arjun Banjade-2949 Winner
Amrit N Sapkota- 2616
Narayan P Kandel-1112
Indira Tripathi-303

Vice President:
1. Midwest Regional
Buddi Sagar Subedi 3502 Winner
Bala Ram Ghimire 3220

2. North East Regional
Babu Ram Lama- 3519 Winner
Mahesh K Malla- 3097

3. South Regional
Krishna Jibi Pantha- 4639 Winner
Thala Raj Panta- 2030

4. West Regional
Sarbajna Wagle-3787 Winner
Ram Babu Pandey- 2827

General Secretary:
Pashupati Raj Pandey-3042 Winner
Gopendra Raj Bhattrai-2166
Anjan Kumar Chaulaga-1494

Secretary:
Amrit Babu Kattel 3335 Winner
Bhanu Bhakta Kharel- 3262

Treasurer:
Netra Prasad Pokharel- 2671 Winner
Prashanna Sangroula-1710
Rabin Raj Bajracharya-2338

Joint treasurer:
Santosh Kumar Bista- 3865 Winner
Gyanal Thapa-2601

Public Relation Office and Spokesperson

Media Coordinator:

Youth Coordinator:
Binod Ruwali-3550 Winner
Pritam Kusiyait-3025

Women Coordinator:
Diksha Basnet-3945 Winner
Sunita Khatri-2733

Directors-Officers:
Satya Narayan Chaudhary-2115 Winner
Chitra Karki-2059 Winner
Dharam Bishwokarma-1870 Winner
Durga Prasad Shrestha-2139 Winner
Chhatra K Gurung-2365 Winner
Khim Bikram Bhattarai-2023 Winner
Ammar B Chhantyal-1876 Winner
Chet Prasad Poudel 2107 Winner
Jeewan Kumar Joshi-2026 Winner
Padam Bahadur Thakurathi-2246 Winner
Basudev Adhikari-2121 Winner
Tilak B KC-1918 Winner

ICC Members:
Shankar Khadka-2998 Winner
Trishna Sharma-3975 Winner
Jedu Nath Pokharel-3989 Winner
Shiva Raj Poudel-3255 Winner
Hom Nath Gautam-3298 Winner
Swaraj Khati-4247 winner

६ जेष्ठ २०७६, सोमबार ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..