अध्यागमन मन्त्री कोलम्यानद्वारा नेपाली सामुदायिक भवनका लागि १० लाख डलर दिने घोषणा

सिड्नी । अध्यागमन मन्त्री डेभिड कोलम्यानले अष्ट्रेलियामा नेपाली समुदयाको बाक्लो उपस्थितिलाई पहिचान गर्दै सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको ओसिनिया क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सहयोगको घोषणा गरेका हुन् ।

यहाँको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन (एनएए)मार्फत् उनले रकम सहयोग गर्ने छन् । अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानको सहयोगलाई नेपाली समुदायले पहिचान सहितको संबोधन आयोजक एवं गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अभियन्ता महेन्द्र लम्सालले टिप्पणी गरेका छन् ।

सम्मेलनमा नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेलगायतका नेताहरु र ब्यवसायीहरुको सहभागिता रहेको छ ।

‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्धिजिवीहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि बहस हुने आयोजकले जानकारी दिएका छन् ।

आयोजक एवं गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अभियन्ता महेन्द्र लम्सालले भने, ‘नेपालमा स्थिर सरकार भएकाले बिकासका निम्ति उपयुक्त वातावरण बनेको र अब प्रवासी नेपालीहरुले योगदान गर्न सक्नेबारे सम्मेलनमा छलफल हुने बताए । ‘सम्मेलनमा गैरआवासीय नेपालीहरुका चासो र सरोकार माथि पनि छलफल हुनेछ जसमा संस्थागत शुद्धीकरण र नेपालमा भएको लगानी सुरक्षा मुख्य मुद्धा हुने छन् ।

अस्ट्रेलियासहित न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवाटु लगायत देशमा रहेका एनआरएनका राष्ट्रिय समन्वय परिषदको नेतृत्व ओसियाना क्षेत्रीय समितिले गर्छ ।

मे ११ र १२ सम्म चल्ने ओसियाना सम्मेलन नेपाल सरकार र अस्ट्रेलियास्थित नेपाली समुदायको हितमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको छ ।

२९ बैशाख २०७६, आईतवार ०२:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..