लोकगायक विष्णु खत्रीको ‘बिचल्ली’ चर्चामा

अर्जुन भुसाल, काठमाडौँ, २६ वैशाख ।  “सुन्नुहोला दिदीबहिनी सुन्नु दाजुभाइ, समाजमा भएको घटना भन्छु सबैलाई,
मुनाजस्ता बालबच्चा बिचल्लीमा पारी, स्वर्ग जस्तो घर भत्काउँदै हिँड्छन् कुनै नारी,
मरी मरी दुःख गर्छ परदेशमा पोइले, घरमा स्वास्नी बिग्रँदानि भन्दिदैनन् कैले”
लोग्ने हिँड्ने कमाउँला भनेर, स्वास्नी हिँड्नी रमाउँला भनेर

चर्चित लोकगायक विष्णु खत्रीको ‘बिचल्ली’ एल्वमको यो गीत अहिले निकै चर्चामा छ । समाजको यथार्थ चित्रण बोकेको गीतले श्रीमान्, बालबच्चा छाडेर परपुरुषसँग लाग्दाको बेफाइदाका बारेमा बोलेको छ । गीतले कारुणिक भाव बोकेको छ । प्रशस्त धन कमाई परिवारसँग सुखसयलमा रमाउने रहर बोकेर विदेश छिरेका श्रीमान् घर फर्कंदा बालबाच्चाको बिचल्ली पारी श्रीमतीले परपुरुषसँग विवाह गरेको खबर पाउँछन् । बालबालिका सहाराविहीन भएको देख्दा उनी भावविभोर हुन्छन् । भएभरका गरगहना र सम्पत्ति लुटी परपुरुषले पनि धोका दिएपछि श्रीमती पनि बिचल्लीमा पर्छिन् ।

“माया दिई जस्तो गरी बाध्य पार्यो भाग्न
उसले मलाई छाड्यो आज कहाँ जाम गुहार माग्न,
कता गयो धननी लग्यो लग्यो गरगहना
कुन मुखले सकुला र धर्तीमा रहन,
चुराले नि घोच्यो मलाई सिन्दूरले नि पोल्यो
नचाहिँदो गर्दा मैले सत्यले प्वाल खोल्यो”
खुनको सराप उनको नि सराप भो
कहाँ जाम बरै जता नि धराप भो

माताको भेषमा भिक्षा माग्दै उनी श्रीमान् र बालबच्चालाई हेर्न पुग्छिन । पीडा सहन नसकेपछि आत्माहत्या गर्छिन् । उनको बिचल्ली बनाउने परपुरुष पनि जेल पर्छन् ।

सुमधुर क्रियशनबाट बजारमा आएको गीतमा विष्णु खत्री र देवी घर्तीले स्वर भरेका छन् । लय, शब्द र परिकल्पना पनि खत्रीकै हो । गीतको भिडियोमा गायक खत्री, साया भण्डारी, दिलीप रेग्मी, प्रल्हाद सुवेदीले अभिनय गरेका छन् । बालकलाकारको भूमिकामा शिक्षा थापा र आविष्कार थापा छन् । कुसंस्कारको चित्रण गर्दै सभ्य समाज निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेर गीत बनाएको गायक खत्री बताउनुहुन्छ ।

“श्रीमान् विदेश गएपछि धन सम्पत्तिसमेत लिएर श्रीमती अर्कैसँग हिँड्ने गरेका घटना बढिरहेका छन्”, उहाँले भन्नुभयो, “परपुरुषसँग लाग्दा हुने सम्भावित जोखिम गीतबाटै औँल्याउने काम गरेको हुँ ।” गीतले परपुरुषसँग लागिरहेका र लाग्न खोजिरहेकाहरुलाई समेत सचेत बनाउने उहाँले बताउनुभयो ।

२६ बैशाख २०७६, बिहीबार २३:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..