बर्डफ्लुबाट काभ्रेका युवकको मृत्यु

काठमाडौँ, १९ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मृतकलाई इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको आशङ्कामा त्यसको यकिन गर्न नमूना परीक्षणका निम्ति जापान पठाइएको र त्यसको परिणाम यही वैशाख १७ गते प्राप्त भएको जनाउँदै मन्त्रालयले उनको निधन बर्डफ्लुबाटै भएको पुष्टि भएको बताएको छ ।

मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको प्रावधानानुसार सो सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालय तथा नेपाल देशीय कार्यालयलगायत निकायसँग सहकार्य थालेको बताएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी उक्त रोगको सङ्क्रमण फैलिन नदिन निगरानी बढाउनाका साथै त्यसको विस्तृत अध्ययन थालिसकेको स्पष्ट गरेको छ । मन्त्रालयले बर्डफ्लुका लक्षणबारे सर्वसाधारणमा सूचनामूलक सामग्री प्रवाह गरिरहेको बताउँदै सो रोगबाट उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, मांशपेसी दुख्ने, प्रारम्भमा पेट र छाती दुख्ने र पखालासमेत लाग्न सक्ने बताउँदै जनाएको छ । उक्त रोगको सङ्क्रमण द्रुतगतिमा फैलिएर श्वास फेर्न कठिन हुने, निमोनिया र दमका लक्षण देखिने बताइएको छ । मन्त्रालयका अनुसार बर्डफ्लुबाट नेपालीको स्वदेशमै निधन भएको यो पहिलो घटना हो ।

१९ बैशाख २०७६, बिहीबार २२:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..