गाँठी कुरामा प्रवेश नै नगरी सकियो सरकार र राप्रपाको वार्ता

निरोज कुमार थापा, काठमाडौँ, १० बैशाख । २२ बुँदे माग राखेर आन्दोलन गररहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीचको पहिलो वार्ता सकिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो ।

सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र प्रतिकुलका मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरे । वार्तापछि पत्रकारसँग कुरा गर्दै उनले संविधानमा भएका व्यवस्थामा सरकारले सम्झौता नगर्ने भन्दै संविधानको व्यवस्था अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताएका छन् ।

राप्रपाका तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुनः छलफल गर्ने सहमति गर्दै वार्ता सकिएको जानकारी दिए ।

अर्को बैठकको मिति नतोके पनि केही दिनभित्रै बस्ने उनको भनाई छ । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी भएका थिए । राप्रपाका वार्ता टोली सदस्य राजेन्द्र लिंदेन भने मंगलबारको वार्तामा सहभागी भएनन् ।

१० बैशाख २०७६, मंगलवार १४:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्राधिकरणको पक्षमा अदालतको फैसला, ५ उद्योगले तोकिएकै रकम तिर्नुपर्ने १० बैशाख २०७६, मंगलवार १४:४०

काठमाडौँ, ६ जेठ । ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगीले नेपाल विद्युत प्राधिकरणले तोके अनुसारकै महसुल..