सुनौलीबाट पोखरा आउँदै गरेको रात्रिबस तनहुँमा दुर्घटनाग्रस्त, ६ घाइते

दमौली, १० वैशाख । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, निजकी श्रीमती ४८ वर्षीया कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीया धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार बस सडकबाट पाँच फिट तल खसेको थियो । दुर्घटनालगत्तै बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० यात्रु सवार रहेका थिए ।

१० बैशाख २०७६, मंगलवार ०९:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..