आगलागी हुँदा रु २० लाखको क्षति

म्याङ्लुङ, ९ वैशाख । तेह्रथुम म्याङ्लुङ नगरपालिका–२ मा चट्याङ लागेर विद्युत्सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

स्थानीय पदम भुजेलको घरमा आज दिउँसो २ः३० बजे अचानक लागेको आगोले करीब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आगोले सो घरमा डेरा गरी बस्ने आठराई गाउँपालिका–२ खाम्लालुङकी दीपा लिम्बूको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहनालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । घरमा कोही नभएका अवस्थामा आगलागी भएकाले मानवीय क्षति भने हुन नसकेको स्थानीयवासी मानबहादुर लिम्बूले बताउनुभयो ।

“चट्याङसहित भिषण वर्षा शुरु भएको पाँच मिनेट नबित्दै घरबाट धुवाँ निस्कन थाल्यो”, प्रत्यक्षदर्शी मनोज लिम्बूले भन्नुभयो ।

स्थानीयवासी, नेपाली सेना र प्रहरीले करीब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा लिएका थिए । सडक हिलाम्मे भएका कारण नगरपालिकाको दमकल आगलागी भएको स्थानसम्म पुग्न नसकेको चालक पूर्ण खड्काले बताउनुभयो ।

सो घरमा डेरामा बस्दै आउनुभएका लिम्बूलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराएको छ । अग्निपीडितलाई नगद रु पाँच हजार र १० हजार रुपैयाँ मूल्य बराबरका लत्ताकपडा प्रदान गरिएको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताउनुभयो । घरधनी भुजेल भने लालीगुराँस नगरपालिकाको वसन्तपुर बजारमा केही महीनायता बस्दै आउनुभएको छ ।

९ बैशाख २०७६, सोमबार २३:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..