भिटामिन ए र जुकाको औषधि खुवाउँदै

काठमाडौँ, ६ वैशाख । सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका करीब २७ लाख ६८ हजार ५४० बालबालिकालाई भिटामिन ए र जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका २३ लाख ५६ हजार ८४३ बालबालिकालाई जुकाको औषधि र ती बालबालिकाको पोषणस्थित जानकारीका लागि पाखुराको नाप लिइने कार्यक्रम रहेको बताउनुभयो ।

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम ४१ जिल्ला र ५६ जिल्ला पाखुराको नाप लिने कार्यक्रम सञ्चालन हुने छ । ती जिल्लामा ती कार्यका लागि करीब ३६ हजार बुथमा महिला स्वयंसेविका र स्वास्थ्यकर्मी गरी करीब ६० हजार जनशक्ति परिचालन हुनेछन् ।

भिटामिन ए को कमिले बालबालिकामा रतन्धो, दादुरा, झाडापखाला, कडा कुपोषण तथा छालाको रोग हुनसक्छ । यसबाट जोगाउन भिटामिन ए कार्यक्रमले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

शारीरिक विकास र रोगप्रतिरोध क्षमतालाई बढाउन भिटामिन ए ले सहयोग पु¥याउँछ । बालबालिकामा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न र उनीहरुलाई कुपोषण हुनबाट जोगाउन पाखुराको नाप लिई पोषणका बालभिटा समेत वितरण गर्दै आएकोछ । सरकारले हरेक वर्ष वैशाख ६ र ७ र कात्तिक २ र ३ गते सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

६ बैशाख २०७६, शुक्रबार २३:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदमा गगन थापाले स्वस्थानी सुनाएपछि…..

नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने..

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..