दुई साहित्यकारको विवाह: दुई कृति लोकार्पण

काठमाडौँ, ५ वैशाख । कवि भैरवी ढुङ्गाना र कवि बलराम दाहालबीच आज साहित्यिक विवाह सम्पन्न भएको छ । नुवाकोटकी ढुङ्गानाको कवितासङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कवितासङ्ग्रह विमोचनसँगै दुवै विवाहबन्धनमा बाँधिनुभयो ।
कृतिको लोकार्पण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यस विवाहले सहयोग पुर्याएको बताउनुभयो । “विवाहसँगै नयाँ कृतिलाई पनि लोकार्पण गरिनु साधारण कुरा होइन”, उहाँले भन्नुभयो । उहाँले दुई कृतिसँगै दुई आत्मा पनि जोडिएकामा बधाईसमेत दिनुभयो ।
तेह्र वर्षअघि एक साहित्यिक जमघटमा भएको भेटघाटले आज विवाहसम्मको स्थितिमा पुगेको कवि ढुङ्गानाले बताउनुभयो । “त्यो भेटघाट आज विवाहसम्मको स्थितिमा पुग्ला भनेर कल्पना समेत गरेको थिइन”, उहाँले भन्नुभयो । कवि दाहालले आफ्नो भाग्यमा लेखिएको कुरा केही गरे पनि नमेटिने बताउनुभयो ।
‘अस्वीकृत शालीनता’माथि समीक्षा गर्दै समालोचक डा शैलेन्द्रप्रकाश नेपालले कविको कविताले जीवनभरका लागि सम्भावनाको सङ्केत बोकेको बताउनुभयो । ‘भाडा नलाग्ने कोठा’को समालोचना गर्दै समालोचक प्रभाती किरणले फरक आयाम र फरक विषयका पद्य कवितालाई कविले रचनात्मक ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो ।
सर्वनाम थिएटरका प्रमुख अशेष मल्लले दुवै जनाको आँट र कृतिप्रतिको लगनशीलतासँगै नयाँ जीवन र उज्वल भविष्यको कामना गर्नुभयो । त्रिवेणी वाङ्मय प्रतिष्ठानको आयोजना र सर्वनाम थिएटरको संयोजनमा उहाँहरुको विवाह भएको हो ।

५ बैशाख २०७६, बिहीबार २२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबारको..

एमसीसी अनुमोदनअघि बाँकी काम रोक्ने नेकपा सचिवालय बैठकको निश्कर्ष

काठमाडौँ, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट..

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..