सरकारी अस्पतालमा कार्यरत चिकित्सकको आन्दोलन स्थगन

काठमाडौँ, १ वैशाख । विभिन्न माग राखेर आन्दोलन गर्दै आएको सरकारी चिकित्सक सङ्घ (गोदान)ले आन्दोलन स्थगन गरेको छ । सकारबाट समस्याको समाधान निकाल्ने आश्वासन आएको र जनताको स्वास्थ्य उपचार र चिकित्सकीय कर्तव्यसमेतलाई मध्यनजर गर्दै १५ दिनका लागि आन्दोलन स्थगन गरिएको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । आज बसेको चिकित्सकको भेलाले यही वैशाख १५ गतेसम्मका लागि आन्दोलन स्थगन गरेको हो ।

सङ्घले आज एक विज्ञप्ति जारी गरी वार्ताबाटै समस्या समाधान गर्न माग गर्दै १५ दिनभित्रमा पनि समस्या समाधान नभए पुनःआन्दोलनमा उत्रने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कुनै वार्ता वा सहमति नभएको जानकारी दिँदै मन्त्री र सचिवबाट समस्या समाधानको आश्वासन गएको बताउनुभयो । समस्या समाधानमा सरकार सकारात्मक रहेकोसमेत उहाँले बताउनुभयो ।

आफूहरुलाई सङ्घअन्तर्गत राख्नुपर्ने माग गर्दै सरकारी चिकित्सकले विगत १० दिनदेखि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्दै आएका थिए । जसका यसको सर्वत्र विरोध भएको थियो भने बिरामी प्रभावित भएका थिए ।

१ बैशाख २०७६, आईतवार २२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..