मध्यअमेरिकी बालबालिकालाई पुनर्मिलनका लागि बाटो खुल्यो

वासिङ्टन, ३० चैत (एपी) – ट्रम्प प्रशासनले मध्यअमेरिकी देशहरुमा अलपत्र परेका करिब दुई हजार ७०० बालबालिकालाई उनीहरुका संयुक्तराज्य अमेरिकामा रहेबसेका बाबुआमासँग पुनर्मिलन गर्न अनुमति दिन सहमति जनाएको छ ।

अमेरिकी अदालतमा ट्रम्प प्रशासनले बुझाएको कागजातमा बालबालिकाको पुनर्मिलन गर्ने उल्लेख गरिएको अदालत प्रशासनले स्पष्ट गरेको छ ।

संयुक्तराज्य अमेरिकामा कानुनी रुपमा रहेबसेका बाबुआमाका मध्यअमेरिकामा रहेका बालबालिकालाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा गर्नुभएको आदेश विरुद्धमा अदालतमा मुद्दा विचाराधीन थियो ।

सन् २०१४ मा आरम्भ भएको मध्यअमेरिकी बाल कार्यक्रम मार्फत अमेरिकामा कानुनी रुपमा बसिरहेका बाबुआमाले आफ्ना बालबच्चालाई शरणार्थीको रुपमा अमेरिका ल्याउन पाउने व्यवस्था गरिएको थियो । यो व्यवस्था खासगरी मध्यअमेरिकी देशहरु ग्वाटेमाला, एलसाल्भाडोर र होन्डुरसमा लागू थियो ।

यी बालबालिकाका अधिकांश बाबुआमा अमेरिकामा अस्थायी संरक्षित व्यवस्था अनुरुप बसिरहेका छन् । यो व्यवस्था बमोजिम प्राकृतिक प्रकोप, नागरिक द्वन्द्व वा अरु समस्याबाट ज्यान जोखिममा रहेको अवस्थामा संयुक्तराज्य अमेरिकाले अस्थायी आश्रय दिन्छ ।

गत महिना, सानफ्रान्सिस्कोस्थित अमेरिकी मजिस्ट्रेट न्यायाधीश लरेल बीलरले सन् २०१७ को प्रावधान बमोजिम बालबालिकाको पुनर्मिलन कार्यक्रम पुनः आरम्भ गर्न ट्रम्प प्रशासनलाई आदेश दिनुभएको थियो ।

पुनर्मिलन प्रक्रियाको अन्तिम चरणमा रहेपनि ट्रम्प प्रशासनको आदेशबाट रोकिएको सम्पूर्ण प्रक्रिया पुनः आरम्भ हुनेछ । यसबाट करिब दुई हजार ७०० बालबालिकाले राहत पाउनेछन् ।

ट्रम्प प्रशासनको आदेश विरुद्ध मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय शरणार्थी सहयोग परियोजना (आइआरएपी) ले एक वक्तव्य प्रशासन गरी सरकारले सबै बालबालिकाको आवेदनलाई स्वीकृत गर्ने र संयुक्तराज्य अमेरिका भ्रमण गर्न अनुमति दिने विश्वास व्यक्त गरेको छ ।

“अदालतको आदेशबाट हामी ज्यादै प्रसन्न छौं किनभने यस आदेशपछि वर्षौंदेखि अलगअलग रहेबसेको परिवारको पुनर्मिलन हुनेछ,” आइआरएपीका वकील लिन्डा इभार्ट्सले बताउनुभयो ।

अदालतको आदेशका बारेमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले कुनै प्रतिक्रिया दिएको छैन ।

३० चैत्र २०७५, शनिबार २१:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..