आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात


काठमाडौ, चैत्र १ – कप्तान पारस खड्काको अर्धशतक र ‘डेब्यु’ मा चन्द्र राउतले ४ विकेट लिएपछि नेपालले आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट छनोटमा मंगलबार विजयी सुरुवात गरेको छ । नेपालले हङकङमाथि २८ रनको जित दर्ता गर्‍यो । नेपालको हङकङमाथि यो लगातार दोस्रो जित हो । यसै वर्ष काठमाडौंमा भएको एसीसी ट्वान्टी-ट्वान्टी च्याम्पियनसिपमा पनि नेपालले हङकङलाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा बुधबार नेपालले डेनमार्कको सामना गर्नेछ ।

टिमका हरेक सदस्यले राम्रो प्रदर्शन गरेको बताउँदै पारसले भने, ‘चन्द्रले नयाँ बल फाल्ने जिम्मेवारी राम्रोसँग निर्वाह गरे ।’ उनी आफैले राम्रो प्रदर्शन गर्दै जित निकाल्नु पनि ठूलो भएको बताए । पारसले भने, ‘अझै ६ महत्त्वपूर्ण खेल बाँकी छन् । टिमले राम्रो सुरुवात गरेको छ । यसलाई निरन्रता दिनुपर्छ ।

अघिल्ला खेलमा पनि यसलाई दोहोर्‍याउने कोसिस गर्ने पारसले बताए । हङकङ बलियो टिम भए पनि धेरैपल्ट आम्नेसाम्ने भएका कारण खेल्न सहज भएको पारसले खुलासा गरे । युएइको दुबई स्पोट्र्स सिटीस्थित ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय ३० रन जोड्यो । नेपालको प्रारम्भिक जोडी कमजोर रह्यो । इनिङ्सको तेस्रो बलमा ‘स्ट्राइक’ पाएका युवा खेलाडी प्रदीप ऐरी पहिलो बलमै आउट भए । त्यसपछि आएका शरद भेषवाकर मात्र २ रन बनाउँदै पभेलियन फर्के । दुई वर्षपछि फर्केका परेश लोहनीले एक चौकाको मद्दतले १२ रन जोडे ।

पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले चौथो विकेटका लागि ५६ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । ज्ञानेन्द्र २४ बलमा २६ रन बनाउँदै १५ औं ओभरको अन्तिम बलमा अजज खानको सिकार भए । विकेटकिपर ब्याट्सम्यान ज्ञानेन्द्रले २ चौका र एक चौका प्रहार गरेका थिए । त्यसपछि आएका महबुब आलमले १३ रन जोडे ।

दुई बल बाँकी छँदा पारस ६८ रनमा आउट भए । उनले ६२ बलमा ७ चौका प्रहार गरेका थिए । ट्वान्टी-ट्वान्टीमा पारसको पहिलो र नेपाली खेलाडीको यो दोस्रो अर्धशतक हो । यसअघि महबुबले यसै वर्ष काठमाडौंमा साउदी अरेबियाविरुद्ध ८८ रन बनाएका थिए । वसन्त रेग्मी २ रनमा नटआउट रहे । बलिङमा हङकङका अनुभवी खेलाडी मुनिर दारले ३ विकेट लिए ।

जवाफमा हङकङले ९ विकेटको क्षतिमा १ सय २ रन मात्र बनाउन सक्यो । पहिलो अन्तर्राष्ट्रिय खेलमै बलबाट जादु खेलाउने क्रममा चन्द्रले चार विकेट निकाले । खराब सुरुवात गरेको हङकङले २८ रनमै ५ विकेट गुमायो । उसका आक्रामक ब्याट्सम्यान इरफान अहमदलाई चन्द्रले ४ रनमै आउट गरे ।

अनुभवी मुनिर दान पनि चन्द्रकै सिकार भए । उनी पहिलो बलमै पभेलियन फर्केका हुन् । चौथो विकेटको पतनसँगै क्रिजमा आएका निजाकत खानले ३२ रन बनाउँदै हङकङको आशालाई जगाएका थिए ।

१ चैत्र २०६८, बुधबार ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..