न्युयोर्कस्थित ज्याक्सन हाइटको बाटो ‘माउन्ट एभरेस्ट वे’ नामाकरण

न्युयोर्क । अमेरिकामा नेपाली पहिचान र सम्मानको प्रतिक न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटोको नाम ‘माउन्ट एभरेस्ट वे’ को रुपमा नामाकरण गरिएको छ ।

अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की र न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बिशेष कार्यक्रमको बीच उक्त स्ट्रीटको नाम मार्च ९ तारिखबाट ‘माउन्ट एभरेस्ट वे’ घोषणा गरेका हुन् ।

नामाकरण समारोहमा पोलमा छोपेर राखिएको ‘माउन्ट एभरेस्ट वे’ सडकको नाम सार्वजनिक गर्नु अघि सगरमाथाको सालिक सामुन्ने राखिएको बत्ती बालेर शुभारम्भ गरिएको थियो । कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पा भट्टराई, एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारी र संस्कृति समितिका संयोजक राजकुमार बिष्टले मन्तब्य व्यक्त गरेका थिए ।

लगत्तै आयोजित दोस्रो चरणको कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्कने नृत्यसँगै नेपाल विधुत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरिएको थियो । (तश्वीर सौजन्य: नीमा पाख्रिन)

२८ फाल्गुन २०७५, मंगलवार ०८:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..