राष्ट्रसंघिय ‘वुमेन इन पावर’ सम्मेलनलाई संबोधन गर्न राष्ट्रपति भण्डारी न्युयोर्कमा

न्युयोर्क, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विहान न्युयोर्क आइपुग्नु भएको छ । सोमबार विहान जोन अफ केनेडी विमानस्थलमा उहाँलाई स्वागत गर्न राष्ट्रसंघका लागि नेपाल मिसनका प्रमुख अमृत राई, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की र महावाणिज्यदुत ऋषि पुनाखर ढकाल विमानस्थल पुग्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लूको ६३औं बैठकमा भाग लिन न्युयोर्क आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले वुमेन इन पावरलाई मंगलबार संबोधन गर्नु हुनेछ ।

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लूको ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी न्युयोर्क आउनुभएको हो । लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको शक्तिमा नारी विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्ने जनाइएको छ । साइडलानमा भण्डारीले संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँग परराष्ट्र सचिव शंकरदास बैरागी र अन्य अधिकारी न्युयोर्क आउनुभएको छ । राष्ट्रपतिको टोली शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

२८ फाल्गुन २०७५, मंगलवार ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..