अधिकारकर्मी डा विष्णुमाया परियारलाई ‘महिला क्रियाशील पुरस्कार’

न्युजर्सी , २३ फागुन । अधिकारकर्मी डा विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक समुदायका लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै उल्लेखनीय सामाजिक कार्य गरेको कदरस्वरूप बुधवार उक्त पुरस्कारद्वारा सम्मान गरिएको उनका पति पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो ।
डा परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीका लागि जर्सी सिटी काउन्सिलवाच टिपिएस रिजोलुसन पारित भएको थियो । सन् २०१७ जुन ३० मा नेपाल र नेपालीको सम्मानका लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकी भूमि सिटी हलमा पहिलो पटक नेपाली ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन उहाँ सफल हुनुभएको थियो ।
सिटी हल भवनभित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो र विश्वमै सम्भवतः पहिलो घटना हो । त्यसैगरी जर्सी सिटी मेयर स्टेभन फुलपका सल्लाहकार तथा दुई शहरबीचको इमिसरी (विशेष दूत) का रूपमा नियुक्त गोरखाकी डा परियारको पहल र नेतृत्वमा यसै वर्ष सन् २०१९ जनवरी २४ मा अमेरिकाको जर्सी सिटी शहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच भगिनी शहर बनाउने सफलता मिलेको थियो ।
दुई शहर र गाउँपालिकाबीच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन उहाँकै पहल र काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोको अगुवाइमा जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ मा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको डा परियारले जानकारी दिनुभयो । अन्य मुलुकको शहरसँग सिस्टर सिटी बन्ने इन्द्रावती विश्वमै नेपालको पहिलो गाउँपालिका हो । विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भइसक्नुभएका डा परियारका नाममा अमेरिकाको केन्टकी राज्यको लुइभिल शहरले सन् २०१५ सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको छ । यस अघि विश्वभरका १५५ भन्दा बढी देशका न्यूयोर्कमा स्थापित वाणिज्यदूतावासको सङ्गठन ‘सोसाइटी अफ फरेन कनुल्स इन न्यूयोर्क’ ले विश्व नारी दिवस २०१८ का अवसरमा सत्र देशका नारीसंँगै डा परियारलाई सम्मान गरिसकेको छ ।

२३ फाल्गुन २०७५, बिहीबार २३:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..