अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न आग्रह

काठमाडौँ, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाउनुभएको छ ।

“हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ” विज्ञप्तिमा उल्लेख छ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काँग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

९ फाल्गुन २०७५, बिहीबार ००:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..