उपचार नपाएर मरेका पिताको शव हेर्दै नावालक छोराले भने, मेरो बाबालाई किन जलाउने ?

डोटी, २३ माघ । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो ।

तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए ।

शवयात्रासँगै उनी पनि समसानघाट पुगे । तर के भइरहेको छ भन्ने कुराको कुनै भेउ पाएका थिनन् उनले । उनी त्यतिबेला आत्तिन्छन् जब बुबालाई चितामा सजाएर “आगो लगाउ” भन्दै उनको हातमा राँको दिइयो । त्यतिबेला उनले मार्मिक प्रश्न गरे “मेरो बाबालाई किन आगो लगाउने ?” उनी आगोले बाबाको शरीर पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन् ।

परिवारका अन्य सदस्यले सम्झाइबुझाइ गर्दा अनिश बुबाको चितामा आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउँन थाले । उनी बाबालाई किन आगो लगाएको भन्दै चिच्याइ रहेका थिए । तर उनले सोधेको प्रश्नको उत्तर दिने कसैमा हिम्मत थिएन् ।
उनका बुबा ८ महीना अघिदेखि क्यान्सरको रोगबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको आठ महीना अघि बाँया पाखुरा दुख्न थाल्यो । उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । तेजले सोही अनुसार गरे पनि । तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो ।

उपचारका लागि तेजले भारतको चेन्नई ब्याङ्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो । गरीबीका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्लाका स्थानीयवासीले समयमै उपचार नपाउँदा क्यान्सर जस्तो प्राणघातक रोगबाट अकालमै ज्यान गुमाउन थालेका छन् ।

२३ माघ २०७५, बुधबार २३:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदमा गगन थापाले स्वस्थानी सुनाएपछि…..

नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने..

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..