डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई चिकित्सक सङ्घको ध्यानाकर्षण

काठमाडौँ, १७ माघ । नेपाल चिकित्सक सङ्घले अनशनरत् प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उहाँले उठान गरेको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारको पुन: ध्यानाकर्षण गराएको छ ।

सङ्घका आजीवन सदस्यसमेत रहनुभएका प्राडा केसीको स्वास्थ्यस्थिति नाजुक हुँदै गएको भन्दै सङ्घले आज एक विज्ञप्तिमार्फत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मागलाई सम्बोधन गर्न सरकारसित आग्रह गरेको हो ।

सङ्घका महासचिव डा लोचन कार्कीद्वारा आज जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट छिटो समस्याको समाधान गर्न सरकारसित माग गरिएको छ । साथै आफ्नो पूर्ववत् आन्दोलनका कार्यक्रम जारी रहेको सङ्घले जनाएको छ ।

सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाई ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्राडा केसीले १६औँ अनशन शुरु गर्नभएको थियो । उहाँले अनशन शुरु भएको आज २३ दिन भएको छ । उहाँका उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्यस्थिति अन्त्यन्त कमजोर हुँदै गएको जनाएका छन् ।

१७ माघ २०७५, बिहीबार २२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..