‘कप्तान १९९८’ सार्वजनिक

काठमाडौँ, २० पुस । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ सार्वजनिक गरिएको छ ।

‘क्रिएटिभ बुक्स’ले प्रकाशन गरेको क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ आज यहाँ आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्य, राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान निरा राजोपाध्यायले सार्वजनिक गर्नुभयो ।

‘क्रिएटिभ बुक्स’ले यसअघि भारत्तोलन खेलाडी सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ गत वर्ष बजारमा ल्याएको थियो । पहिलो राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हाल्नुभएको थियो । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो ।

पुस्तकमा नेपाली क्रिकेटको इतिहास र समकालीन क्रिकेट खेलाडीको सङ्घर्षको कथा समेटिएको छ । सो पुस्तकले नेपाली क्रिकेट बुझ्न चाहने आम क्रिकेटप्रेमी, खेलाडी र दर्शकलाई नजिकबाट सिक्न, जान्न र बुझ्न सघाउनेछ । नेपाली क्रिकेटमा देखिएको चरम विवाद, राजनीतिक हस्तक्षेप, आइसिसीको निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि पुस्तकमा पढ्न पाइनेछ । दुई सय १५ पृष्ठको उक्त पुस्तकको मूल्य रु ४२५ तोकिएको छ ।

क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणासहित शुरुआत, विकास र विस्तारको नेतृत्वसमेत गर्नुभएको थियो । उहाँकै नेतृत्वमा बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको छ । पुस्तक विमोचन कार्यक्रममा लेखक तथा पुर्वकप्तान क्षेत्रीले नेपाली खेलकूद अभिलेखीकरणमा निकै कमजोर रहेको र त्यसलाई पूर्ति गर्ने अभियानमा लागेका बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो आत्माले जे देख्यो त्यो पुस्तकमा लेखेको छु, जुन कुरा मैले बुझेँ र देखेँ त्यो कुरालाई लिपिबद्ध गर्ने जमर्को गरेको छु ।” साहित्यकार नयनराज पाण्डेले साहित्यले समाजलाई जोड्न नसक्ने तर खेलकुदले सिङ्गो समाजको भवनालाई जोड्ने विचार व्यक्त गर्नुभयो । उहाँले मानिसको जीवन पनि क्रिकेट खेल जस्तो रहेको र एक इनिङ हार तथा अर्को इनिङमा जित हुने बताउनुभयो ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवालले यो किताबबाट खेलाडीलाई प्रोत्साहन पुग्ने बताउनुभयो । नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले किताबले नेपाली क्रिकेटको बारेमा धेरै कुरा बताउने भन्दै क्षेत्रीले साहसिक कदम चालेको बताउनुभयो । पुस्तकमा नेपाली क्रिकेटको इतिहास र समकालिन क्रिकेटको संघर्षको कथा समेटिएको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले बताउनुभयो । पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा पूर्वकप्तान क्षेत्रीले आफ्नो आत्मसंस्मरण लेख्नुभएको हो ।

२१ पुष २०७५, शनिबार ०१:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..