राष्ट्रव्यापी कविता पोखराका सुदर्शन पौडेल प्रथम

काठमाडौँ, ९ मङ्सिर । राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम हुनु भएको छ । ‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशोसिएशन फर आइडिया नेपालले द लेप्रोसी मिशन नेपालसँगको समन्वयमा आयोजना गरेको सो प्रतियोगितामा पौडेलले ‘कुष्ठरोगी विचार’ शीर्षकको कविता लेख्नु भएको थियो । कवि पौडेलले रु २० हजार पुरस्कार प्राप्त गर्नुभयो । ‘आत्मालाप’ कविता लेख्नुभएका लमजुङका प्रज्ज्वल अधिकारी दोस्रो हुनुभयो । उहाँले रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा तेस्रो भएका झापाका नीरज दाहालले ‘घरभित्र’ तथा उदयपुरका हिमालय पौडेलले ‘कुष्ठरोगविरुद्ध हामी’ कविताका लागि जनही रु १० हजार पुरस्कार पाउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्षमा आयोजित उक्त कार्यक्रममा २० कविबीच सो प्रतियोगिता गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले कविका उद्गारबाट सरकारको यथेष्ट ध्यानाकर्षण भएको बताउनुभयो ।

१० मंसिर २०७५, सोमबार ००:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..