जगत नेपालको ‘बिपीको विद्रोह’ लोकार्पण गर्दै पूर्वराष्ट्रपति डा यादवले भने, ‘देश बुझ्ने नेताको खाँचो छ’

काठमाडौँ, ७ मङ्सिर । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताउनुभएको छ । पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता औंल्याउनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्टीमा नेता नदेखिएकाले यसतर्फ गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्दै विभेदको राजनीति अन्त्य गर्नसमेत राजनीतिक नेतृत्वलाई सुझाव दिनुभयो ।

गुट उपगुटको राजनीतिमा नेता डुबेको छ, उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको विकासका लागि नेतृत्व सकारात्मक हुनुपर्छ, आफ्नो छवि सुधार्न तथा हिमाल, पहाड र तराईलाई जोडेर समुन्नत नेपाल बनाउनमा सबै राजनीतिक दल लाग्नुपर्छ ।”

पूर्वराष्ट्रपति डा यादवले बिपीको विद्रोह पुस्तकले विसं २००७ देखि २०३७ सम्मको विवरण प्रस्तुत गरेको उल्लेख गर्दै बिपीलाई प्रजातान्त्रिक योद्धा र बहुआयामिक व्यक्तित्वको संज्ञा दिनुभयो ।

एक प्रसङ्ग कोट्याउँदै उहाँले सेना जनताका प्रतिनिधिको मातहतमा रहनुपर्ने कुरा तथ्यपरक रहेको बताउनुभयो ।

नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले बिपीको आदर्शबाट नै आफू विद्रोहमा लागेको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको छ भन्नुभयो ।

“बिपीलाई सानो घेरामा राख्नु हुँदैन, उहाँले भन्नुभयो, “बिपीको चेतना एउटा युगको चेतना हो, नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने तथा समाज र परिस्थिति हेरेर नीति लिनसक्ने व्यक्ति बिपी हुनुहुन्थ्यो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा भट्टराईले बिपीले अधुरो छाडेको काम सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर गिरिजाप्रसाद कोइरालाले पूरा गरेको बताउनुभयो ।

पुस्तकबारे टिप्पणी गर्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले बिपी सामाजिक, राजनीतिक दर्शक, साहित्य, कला, शिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व रहेको धारणा व्यक्त गर्नुभयो ।

समालोचक डा ज्ञानु पाण्डेले बिपीमा आफूप्रति इमान्दार हुनुपर्छ भन्ने दर्शन रहेको उल्लेख गर्दै विद्रोहको दर्शनको मुख्य अभिव्यक्ति नै दायित्व बोध भएको बताउनुभयो ।

विद्रोहका लागि विद्रोह नभई देश, जनता र समाजका लागि विद्रोह गर्ने व्यक्ति बिपी कोइराला भएको बताउँदै उहाँले बिपीको सार्थक क्रियाकलापको दृष्टान्तलाई पुस्तकमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ भन्नुभयो । “प्रजातान्त्रिक आन्दोलनको इतिहासको केन्द्रबिन्दुमा बिपीलाई राखेर विद्रोहको सन्दर्भ पुस्तकमा छ, यो इतिहासको किताब हो, तर साहित्यक छ”, पाण्डेले भन्नुभयो ।

राजनीतिक विष्लेषक हरि शर्माले बिपीका जीवन सङ्घर्ष पुस्तकले उजागर गरेको उल्लेख गर्दै पुस्तकले बिपीलाई राजनीतिक रुपमा विद्रोही स्थापित गरेको भएपनि उहाँ सामाजिकरुपमा पनि विद्रोही भएको बताउनुभयो । क्रान्तिलाई पारदर्शी बनाउने नेताको रुपमा बिपीलाई चित्रण गर्दै उहाँले तस्वीर दिमागमा आउने गरी संवादको शैलीमा किताब बगेको टिप्पणी गर्नुभयो ।

पुस्तकका लेखक जगत् नेपालले विभिन्न व्यक्तिले दिएको महत्वपूर्ण सूचनालाई समेत पुस्तकमा समावेश गरेको बताउँदै बिपीको विद्रोही भागमा पुस्तक केन्द्रित भएको धारणा व्यक्त गर्नुभयो ।
‘बाह्रखरी डटकम’का सम्पादक प्रतीक प्रधानले प्रकाशनमा पनि उपस्थिति जनाउने चाहनास्वरुप पुस्तकको प्रकाशन थालेको बताउँदै विशेष गरी पत्रकारितासंग सम्बन्धीत खोजीका र बौद्धिक ज्ञानका पुस्तक प्रकाशन गर्दै जाने जानकारी दिनुभयो । रासस

८ मंसिर २०७५, शनिबार ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..