गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

पुरुषोत्तम ढकाल, लसएन्जलस , ४ मङ्सिर । क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले केहि साता अघि राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अघि बढेसँगै राष्ट्रपति ट्रम्पले सीमामा सैनिक परिचालन गर्नुका साथै उक्त आदेश जारी गरेका थिए ।

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् । यस अघि राष्ट्रपतिको कार्यकारी आदेश आएलगत्तै अमेरिकी मानव अधिकारवादी समूहहरुले राष्ट्रपतिको आदेशविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

अमेरिकी नागरिक स्वतन्त्रता युनियनले आप्रवासीका रुपमा अमेरिका प्रवेश गर्न चाहने जोकोही व्यक्तिले आवेदन गर्न पाउने अधिकार रहेको बताएको छ । यस्तो अधिकार सीमामा आएका वा गैरकानुनी रुपमा देशभित्र प्रवेश गरिसकेको दुबै अवस्थामा कार्यान्वयन हुनेछ ।

ट्रम्प प्रशासनका तर्फबाट खटिएका वकीलहरुले राष्ट्रिय सुरक्षामा चुनौती देखिएकाले आप्रवासनलाई नियन्त्रण गर्न कार्यकारी शक्तिको प्रयोग गर्नुपरेको तर्क प्रस्तुत गर्दै आएका छन् ।

स्मरण रहोस राष्ट्रपति ट्रम्पले अध्यागमन कानुन परिवर्तनको पेचिलो प्रक्रियालाई पन्छाउदै कार्यकारी आदेश मार्फत केहि मुस्लिम बहुल देश, दक्षिण र मध्य अमेरिकी आप्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने प्रयास गर्दै आएका भएपनि उनको यस्तो प्रयासलाई क्यालिफोर्नियाको अदालतले पटक पटक कार्यान्वयन नगर्ने आदेश जारी गर्दै आएको छ ।

४ मंसिर २०७५, मंगलवार २३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..