महालक्ष्मीको पूजा आराधना गरी कोजाग्रत पूर्णिमा मनाइदै

काठमाडौँ, ७ कात्तिक । सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी कोजाग्रत पूर्णिमा आज मनाइएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन समापन हुन्छ । कोजाग्रातको अर्थ ‘को जागेको छ’भन्ने हो ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ । यसैगरी सौभाग्य, सम्पत्ति र श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु भएको छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याई गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गरिन्छ । कोजाग्रत पूर्णिमासँगै आश्विन शुक्ल प्रतिपदाका दिन दशैँ घरमा राखिएको जमरा आज पवित्र नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाइन्छ ।

७ कार्तिक २०७५, बुधबार २३:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । आज बिहान बिहान..

मन्त्री बाँस्कोटाले कमिसन माग गरेकोबारे स्वीस दूतावास बोल्यो

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७४ करोड रुपैयाँ कमिसन मागेको सम्बन्धमा..

मन्त्री बाँस्कोटाबारे बालुवाटारमा छलफल, राजीनामाको सम्भावना कति ?

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन माग गरेको अडियो रेकर्ड सार्वजनिक..

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे..

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको शुभकामना, ‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली सकियो’

काठमाडौँ, ७ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य भईसकेको बताएका..