आख्यानकार नयनराज पाण्डेको ‘यार’लाई पद्यश्री साहित्य पुरस्कार

काठमाडौँ, ७ कात्तिक । नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशि रु दुई लाखसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानले विसं २०६३ देखि वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक र विसं २०६७ देखि साहित्य र कलामा दीर्घ साधना गर्दै आउनुभएका एक स्रष्टालाई ती सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उहाँका माता हरिकला लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार एवम् सम्मान प्रदान गर्नुभएको हो ।

आख्यान लेखनको विशिष्ट शिल्प रहेको ‘यार’ भित्र लेखकका निजी संस्मरणलाई जीवन्त रुपमा बुनिएका छन् । लामा र छोटा गरी २५ वटा संस्मरणलाई सरल भाषामा गहन एवम् लोभलाग्दो अभिव्यक्ति संस्मरणमा छ ।

दार्जिलिङबाट प्रकाशित हुने साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकको निबन्ध २००८ सालमा छपाएर नेपाली निबन्ध साहित्यमा उदाएका डा शर्माका सम्पादन तथा लेखनमा हालसम्म ३३० कृति छन् ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष लामिछाने, उपाध्यक्ष धनराज गिरी र अमर न्यौपानेले प्रतिष्ठानका गतिविधिमाथि प्रकाश पार्नुभयो ।

सम्मानित व्यक्तित्व डा शर्माले उमेरले आफू ८० काटे पनि साहित्य रचनामा कमी नआएको बताउनुभयो । अर्का पुरस्कृत स्रष्टा पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनमा सुन्दर घटना होइन, असल कृतिको सिर्जना गर्न सक्नु नै सर्वाधिक सुन्दर घटना हो भन्नुभयो ।

७ कार्तिक २०७५, बुधबार २३:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..