नेवा: नख: न्यूयोर्कको दोस्रो अधिवेशनबाट नयॉं कार्यसमिती निर्विरोध निर्वाचित

न्यूयाेर्क । गत शनिबारका दिन नेवा: नख: न्यूयाेर्कका उपाध्यक्ष बिष्णुमान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरूलाई स्वागत गरी संचालन गरीएको साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष राजा शाक्यले गरेका थिए भने प्रमुख अतिथिमा नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान थिए । उक्त सभामा महासचिब महेन्द्र बीर बज्राचार्यले संस्थाको कार्य प्रगति बिबरण पेश गरेका थिए भने सभामा संस्थापक सचिब संजय शिलाकार, सल्लाहकार अजय मान छोचूं, राज कुमार श्रेष्ठ, सचिब डा. नरेश मान शाक्य, सदस्य दिपक कुमार प्रधान, नम्रता प्रधान, सुजन श्रेष्ठहरूले नख: लाई समुदायको हितमा अझ बढी सबल, सक्षम र सफल संस्था बनाउनका लागी शुभकामना सहित आ-आफ्ना मन्तब्य ब्यक्त गरेका थिए।

नेवा: नख: न्यूयोर्कको दोस्रो अधिवेशनमा संस्थापक अध्यक्ष तथा प्रमुख निर्बाचन आयुक्त बीरेन्द्र प्रधानको निर्वाचन कमिटीले नयॉं कार्यसमिती निर्वाचित गरेको छ। नयॉं कार्यसमितिको अध्यक्षमा बिष्णु मान प्रधान, प्रथम उपाध्यक्षमा महेन्द्र बीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महा-सचिवमा डा. नरेश मान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपक कुमार प्रधान, सह-कोषाध्याक्षमा सुजन श्रेष्ठ, निर्वाचित गरेका छन भने सदस्यहरुमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमार भक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्र कुमार बज्राचार्य र गौतम कर्माचार्य निर्वाचित भएका छन ।

नख:को बिधान अनुसार पूर्ब अध्यक्षहरू स्वत सल्लाहाकार हुने भएकोले संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान र निर्वतमान अध्यक्ष राजा शाक्य सल्लाहाकार रहेका छने भने सभाले पूर्ब सल्लाहाकार अजय छोचूं र राज कुमार श्रेष्ठ लाई सल्लाहाकारमा चयन गरेका छन् ।

संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, निर्वतमान अध्यक्ष राजा शाक्य, सल्लाहाकार अजय छोचूं र राज कुमार श्रेष्ठले नब निर्वाचित कार्यसमिति लाई सफल कार्यकालको लागी शुभकामना दिएका थिए ।

साधारण सभाले बृहत रूपमा छलफल गरी नख:को बिधानमा केही पद र दफाहरू थपी बिधान शंसोधन गरेको छ।सभामा संस्थाको नयॉं सदस्यता पनि बितरण गरिएको थियो ।

नेवा: नख: न्यूयोर्क नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि 2011 मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदाय संग हातेमालो र सहकार्य गर्दै नख: लाई अगाडी बढाउने कुरा नव निर्वाचित अध्यक्ष बिष्णु मान प्रधानले गरेका छन् ।

३१ आश्विन २०७५, बुधबार २१:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..