लिगलिगकोटको श्रीपेच भारतीय सेनाका अनिष थापामगर शिरमा

दीपक श्रेष्ठ, गोरखा, २८ असोज । नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ ।

पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित हुनुभएको हो ।

आज भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दूरी ५८ मिनेट २५ सेकेण्डमा पार गर्नुभएको हो । प्रतियोगितामा बाग्लुङ जिल्ला घर भएका भारतीय सेनामा कार्यरत तीर्थ पुनः मगर दोस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पूरा गर्नुभयो ।

त्यस्तै प्रतियोगितामा तेस्रो हुनभएका लम्जुङ जिल्ला बेँसीशहर नगरपालिका घर भई हाल नेपाली सेनामा कार्यरत रामजी बस्नेतले निर्धारित दूरी ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्नुभयो । गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरु भएको दौड प्रतियोगिता ढिंकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई लिगलिगे राजा घोषणा गरिने परम्पराअनुसार थापामगरलाई आजदेखि एक वर्षसम्मका लागि लिगलिगे राजा घोषणा गर्दै श्रीपेच पहि¥याइएको आयोजक लिगलिग विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेता थापामगरलाई नगद रु ६० हजार १०० को साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको व्याच प्रदान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै दोस्रो हुनुभएका पुनलाई नगद रु ३५ हजार मेडल, प्रमाणपत्र र तेस्रो हुनुभएका बस्नेतलाई नगद रु २५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । प्रतियोगितामा १२२ जना सहभागी थिए ।

त्यस्तै महिला स्थानीयतर्फको दौडमा सुनिता गिरी, खुला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका छन् । नेपाल एकीकरण अघिका बाइसे चौबिसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो ।

पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता शुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिता आयोजना गरिँदै आएको उहाँले बताउनुभयो ।

विसं १६०४ मा शुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः विसं २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

२८ आश्विन २०७५, आईतवार २३:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..