सरकारी सुविधा लिने आप्रवासीहरुलाई ग्रीनकार्ड नदिने ट्रंप प्रशासनको घोषणा

पुरुषोत्तम ढकाल, लसएन्जलस, ७ असोज । आप्रवासीहरु प्रति अनुदार रहेको आरोप खेपिरहेको ट्रंप प्रशासनले सरकारी सुविधा लिनेहरुलाई ग्रीनकार्ड नदिने नयाँ नियम घोषणा गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेकुरिटीजले फुड स्ट्याम्प, मेडिकेड र अन्य आर्थिक सहायता लिएकाहरुको हकमा ग्रीनकार्ड नदिने नयाँ नियमको घोषणा गरेको हो ।आप्रवासीहरु प्रति अनुदार रहेको नयाँ नियम फेडेरल रजिष्टरमा प्रकाशित भएको ६० दिन लगत्तै लागु हुनेछ । यद्यपी अमेरिकी आप्रवाशीको हितमा कार्यरत अधिकारवादी संस्थाहरुले यो घोषणाको आलोचना गरेका छन् । यस अघि ट्रंप प्रशासनले अमेरिकी अर्थतन्त्रमा बोझ बन्दै गएका आप्रवासीलाई भिसा नदिने नीति अख्तियार गरिने घोषणा गरेको थियो । ट्रंप प्रशासनले घोषणा लगत्तै भनेको छ, ‘अमेरिकी करदाताहरूलाई भार नपरोस भनी आप्रवासीहरूलाई यस प्रकारको नियम लागु गरिएको हो ।’ ट्रंप प्रशासनको आजको घोषणासंगै अमेरिका आउन र बस्न चाहनेहरुले आर्थिक रुपमा सक्षम रहेको र सरकारी सुविधा लिई सरकारी बोझ नबन्ने प्रतिवद्धता कार्वान्यनन गर्नुपर्नेछ ।

यद्यपी आजको घोषणाबाट अमेरिकी सरकारले मानवीय आधरमा प्रदान गर्दी आएको शरणार्थी र एसाईली र जोखिमपूर्ण अवस्थाका रहेका व्यक्ति वा परिवार, अमेरिकी सेनामा कार्यरत र उनीहरूका परिवारका साथै सरकारी सेवामा कार्यरत परिवारका छोराछोरी वा दम्पत्ति, अमेरिकी सरकारले दैवी प्रकोपका बेलामा प्रदान गरेको सुविधा, आपत्कालीन स्वास्थ्य सुविधा, अमेरिकी नागरिकता प्राप्त गरिसकेका व्यक्तिका छोराछोरीहरू, अमेरिकी नागरिकहरुले धर्मपुत्र वा पुत्रीका रूपमा स्वीकारेका हकमा यो घोषणाले प्रभावित पार्ने छैन ।

ट्रंप प्रशासनको आजको घोषणाले डाइभरसिटी भिषा (डिभी लोटरी), रोजगारमा आधारित ग्रीनकार्ड वा परिवारमा आधारित ग्रीनकार्ड लिएकाहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ। आजको घोषणासंगै विपन्न आर्थिक अवस्था भएको परिवारलाई प्रदान गरिने अस्थायी सुविधा टीएएनएफ, सप्लिमेन्ट सेक्युरिटी इनकम एसएसआई, आपत्कालीन अवस्थामा लिएको बाहेकको मेडिकेड सुविधा, कम आम्दानी हुनेलाई प्रदान गरिएको मेडिकेयर, फुड स्ट्याम्प, सरकारका तर्फबाट दीर्घकालीन हेरचाह, आवास छनौट कार्यक्रम, घर भाडा सुविधा, सार्वजनिक आवास सुविधा लगायतका सुविधा लिनेहरूले ग्रिनकार्ड नपाउने भएका छन् ।

७ आश्विन २०७५, आईतवार २०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..