मेरिल्याण्डको राइटएड गोली काण्डमा नेपाली अमेरिकन वृन्दा गिरीको मृत्यु

पुरुषोत्तम ढकाल, लसएन्जलस, ६ असोज । अमेरिकाको मेरिल्याण्डस्थित राइटएडमा बिहिबार बिहान घटेको गोली काण्डमा नेपाली अमेरिकन वृन्दा गिरीको मृत्यु भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् ।

राइटएडका अस्थाई कामदार २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले बिहीबार मेरिल्याण्डको स्थानीय समय अनुसार बिहान ९:०० बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली अमेरिकन ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी पुष्टि गरेका छन् ।

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिएका छन् । औषधीको फ़्रेञ्चाइज बिक्रेता राइटएडको गोवायर हाउसमा काम गर्ने नौ नेपाली अमेरिकन मध्येकि वृन्दा गिरीको गोली प्रहारबाट मृत्यु भएको छ भने अर्का नेपाली अमेरिकन ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । राइटएड गोली काण्डमा अमेरिकन नागरिक सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित मेरिल्याण्डमा बसोबास गर्दै आएकी वृन्दाले तीन महीना देखि राइट एडमा काम गरिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बाल्टिमोर निवासी नेपाली अमेरिकन अगुवा डा. श्याम कार्कीले अमेरिकामा घटी रहने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली अमेरिकनको समेत निरन्तर दुःखद् मृत्यु हुँदै आएको जानकारी दिए । नेपालको पर्वत जिल्लाबाट मेरिल्याण्ड बसाइ सरेकी वृन्दा आफ्नी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएकी थिइन् ।

६ आश्विन २०७५, शनिबार २२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..